कास्कीमा विन्ध्यवासिनी र मदरल्याण्ड मावि उत्कृष्ट

पोखरा ।
कास्कीमा सामुदायिक विद्यालयतर्फ बाटुलेचौरको विन्ध्यवासिनी मावि र संस्थागत तर्फ मासवारको मदरल्याण्ड मावि यस वर्ष लगातार उत्कृष्ट भएका छन् ।
माध्यमिक शिक्षा परीक्षा २०८० को मूल्यांकनका आधारमा यस वर्ष पनि उच्च जिपिए ल्याउँदै उत्कृष्ट घोषित भएका हुन् । सामुदायिक विद्यालय तर्फ विन्ध्यवासिनीले ३ः११ जिपिए ल्याएको थियो ।
एसइइमा उसका ८१ जना विद्यार्थी सम्मिलित थिए । शिक्षा दिवस २०८१ को अवसरमा जिल्ला विकास तथा समवन्य इकाइले आइतबार पोखरामा दुवै विद्यालयलाई सम्मानसमेत गरेको छ ।
कार्यक्रममा संघीय संसद सदस्य दामोदर वैरागी, प्रदेश सांसद प्रकाश बराल, गणेशमान गुरुङ, जिल्ला समवन्य प्रमुख लीलाधर पौडेल र समवन्य ईकाइका प्रमुख लोकनाथ आचार्यले विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यलाई सम्मान गरे । सोही अवसरमा विषयगत शिक्षकका रूपमा सोही विद्यालयका विज्ञान विषयका शिक्षक सुशील देवकोटा पनि सम्मानित भए ।
कार्यक्रममा ४ जिपिए ल्याउने विद्यार्थीसहित कास्कीका ५ वटै पालिकाका सर्वोत्कृष्ट विद्यालय र विद्यार्थी पनि सम्मानित भए । सम्मानित भएपछि प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले आफ्नो विद्यालय लगातार उत्कृष्ट हुनु सबै पक्षको साथ र सहयोग रहेको स्मरण गरे ।
उनले सम्मान दिलाउन सहयोग गर्ने शिक्षक, कर्मचारी, व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यार्थी, सरोकारवाला सबैमा आभार व्यक्त समेत गरे । अघिल्लो वर्ष विन्ध्यवासिनी मावि सामुदायिक विद्यालयतर्फ देशभरमै उत्कृष्ट पहिलो भएको थियो ।









‘नेपाली कांग्रेससँग अब विशेष महाधिवेशनमा जानुबाहेक विकल्प छैन’
रविको ६० लाख धरौटी आदेश सदर
सम्पादकीय—प्रेस स्वतन्त्रताको कसीमा २०२५
सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया