पोविवि स्कुल अफ बिजनेसलाई साढे २ लाखको देशभरकै उत्कृष्ट क्याम्पसको पुरस्कार

पोखरा ।
संघीय सरकारको शिक्षा मन्त्रालयबाट पोखरा विश्वविद्यालयको स्कुल अफ बिजनेस (व्यवस्थापन संकाय) ले साढे २ लाख रुपैयाँको पुरस्कार प्राप्त गरेको छ । शिक्षा दिवसको अवसरमा मन्त्रालयले पोविविको उक्त संकायलाई देशभरकै उत्कृष्ट क्याम्पसको पुरस्कार प्रदान गरेको हो ।
विश्वविद्यालय अनुदान आयोगले गरेको मूल्यांकनका आधारमा विश्वविद्यालयतर्फका आंगिक कलेजहरुमा पोविविको स्कुल अफ बिजनेस उत्कृष्टमा पर्न सफल भएको शिक्षा मन्त्रालय जनाएको छ । शिक्षा दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त पुरस्कार स्कुल अफ बिजनेसका निर्देशक डा श्रृजन ज्ञवालीलाई हस्तान्तरण गरे । समारोहमा शिक्षा मन्त्री विद्या भट्टराई पनि सहभागी थिइन् । पुरस्कार ग्रहणका क्रममा निर्देशक ज्ञवालीसँगै पोविविका उपकुलपति प्राडा उपकुलपति प्रेमनारायण अर्याल पनि सहभागी थिए ।






आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया