गभर्नर्स कप बाइक रेसिङ हुने

समाधान संवाददाता २०८१ असोज ३ गते ११:३७

पोखरा ।

Advertisement

लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको आयोजनामा नेपालमै पहिलो पटक गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ प्रतियोगिता हुने भएको छ । असोज ४ र ५ गते पोखरा रंगशालामा हुने प्रतियोगितामा नेपालका १६ राष्ट्रिय स्तरका बाइक रेसिङ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।


डिष्ट्रिक्ट गभर्नर मिलन थापा लायन्स क्लबले युवा सशक्तीकरण र मोटर स्पोर्टस् जस्ता साहसिक खेल प्रवर्द्धन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरेको बताइन् । यसले राष्ट्रिय खेलाडीलाई अन्तर्राष्ट्रिय मञ्चमा पनि अघि बढ्न सहयोग पु¥याउने उनको विश्वास छ।


प्रतियोगिताको सम्पूर्ण प्राविधिक व्यवस्थापन मोटर स्पोर्टस् नेपाल क्लबले गर्ने छ । प्रतियोगिताका लागि असोज ४ गते प्राक्टिस राउन्ड हुनेछ भने असोज ५ गते मुख्य प्रतियोगिता हुनेछ ।


प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हाँसिल गर्ने खेलाडीहरुलाई कप र नगद प्रदान गरिनेछ । खेलकुद मन्त्रालयसँगको सहकार्यमा गरिएको यस प्रतियोगिताका ४ उत्कृष्ट खेलाडीले विश्व च्याम्पियनसिपमा समेत सहभागिता जनाउन मौका पाउनेछन् ।

Advertisement

तपाईको प्रतिक्रिया