पलेशालाई एनसेलको १० लाख सहयाेग

काठमाडौं ।
एनसेल फाउन्डेसनले पेरिस पारालिम्पिक्स २०२४ मा इतिहास रच्दै नेपाली खेलकुदको क्षेत्रमा अहिलेसम्मकै ठूलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेसा गोबर्धनलाई १० लाखसहित सम्मान गरेको छ ।
राष्ट्रिय पारालिम्पिक कमिटी (एनपिसी) नेपालको २५ औं वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रममा एनसेलले काँस्य पदक विजेता पलेशासहित सहभागी ५ सदस्यीय टोलीलाई नगदसहित पुरस्कृत हो । कम्पनीले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सिएसआर) अन्तर्गत एनसेल फाउन्डेसनबाट यो पुरस्कार प्रदान गरेको हो ।
पलेशाका पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले ३ लाख नगद पुरस्कार पाएका छन् । तेक्वान्दो खेलाडी भरहसिंह महता, पौडी खेलाडी भीमबहादुर कुमाल र पौडी प्रशिक्षक विजेनमान श्रेष्ठले जनही १ लाख नगद पाए ।
‘यो सम्मानले हामी पारा खेलाडीहरुको हौषला बढाएको छ र देशका लागि स्वर्ण पदक नै ल्याउने मेरो उद्देश्य छ,’ पलेशाले भनिन् । पारा खेलाडीहरुलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, एनसेलका प्रमुख नियामक मामिला अधिकृत विशालमणि उपाध्याय, एनपिसी अध्यक्ष राधा घले र एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सिएसआर हेड विशाखालक्ष्मी खड्काले संयुक्त रुपमा पुरस्कृत गरे ।
देशका लागि ऐतिहासिक पदक दिलाउन सफल पलेशासहित अन्य पारालिम्पियनलाई सम्मान गर्न पाउँदा निकै खुसी भएको एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सिएसआर हेड विशाखालक्ष्मी खड्काले सुनाइन् । भनिन्, ‘एनपिसीसँगको सहकार्यमा हामी राष्ट्रिय पारा खेलाडीहरूको प्रेरणा बनेर हौसला प्रदान गर्दै एक बलियो साथ दिन प्रतिबद्ध छौं ।’
पलेशाले ऐतिहासिक पदक जितेपछि एनसेलले नगद पुरस्कारसहित उनलाई र अन्य सहभागी पारा खेलाडी र प्रशिक्षकलाई सम्मान गर्ने घोषणा गरेको थियो । कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पारालिम्पिक राष्ट्रिय खेलाडीको समग्र तालिम, विकास तथा प्रशिक्षणको लागि ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत सहयोग गर्दै आएको छ ।









राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया