एमाले नेता अर्जुनलाई मातृशोक
समाधान संवाददाता
२०८१ असोज ४ गते १८:१९

पोखरा ।
नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य अर्जुन अधिकारीलाई मातृशोक परेको छ । पोखरा १९ घार्मी निवासी अर्जुनकी आमा ६० वर्षीया दुर्गादेवीको शुक्रबार बिहान निधन भएको हो ।
२०२१ असोज ९ गते पोखरा १८ मेथ्लाङमा जन्मिएकी दुर्गाका श्रीमानको १० वर्षअघि नै मृत्यु भइसकेको छ । सामान्य उपचारका लागि शुक्रबार बिहान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगेकी दुर्गाको हृदयघातका कारण निधन भएको परिवारिक स्रोतले जानकारी दिएको छ ।
दुर्गाको स्थानीय गोस्तेघाटमा अन्त्येष्टि गरिएको छ । उनका छोरा अर्जुन र २ छोरी छन् । दुर्गाको पार्थिव शरीरमा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारी, नेता मायानाथ अधिकारी र भीमबहादुर कार्कीले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । दुर्गाले घार्मीको विकास, निर्माण तथा महिला सशक्तीकरणको क्षेत्रमा योगदान गरेकी छन् ।
सम्बन्धित







फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया