तमु सांस्कृतिक प्रतिष्ठानले वितरण गर्‍यो लमजुङ र गोर्खामा छात्रवृत्ति

समाधान संवाददाता २०८१ असोज ६ गते १३:४९

पोखरा । तमु सांस्कृतिक प्रतिष्ठान नेपालले शनिबार लमजुङ र गोर्खामा तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।

Advertisement

संस्थाका द्वितीय उपाध्यक्ष डमरबहादुर तमुको नेतृत्वमा सचिव कन्चन तमु, कोषाध्यक्ष श्यामबहादुर तमु, विद्यार्थी समितिको सदस्य तारा तमु र कार्यालय सचिव गंगामाया तमु लमजुङ जिल्लाको सदरमुकाम बेसीशहरस्थित तमु संग्रहालयको सभाहलमा १६ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।

तमु प्ये ल्हु संङ्घ क्ल्हेप्री समितिका केन्द्रीय अध्यक्ष सन्तोष टु तमुले समुदायमा सह्रानीय कार्य गरेको यस तमु सांस्कृतिक प्रतिष्ठान नेपालको कार्यलाई लमजुङका सम्पूर्ण संघ संस्था र समाजहरुले महत्व दिइनु पर्ने बताए । कार्यक्रममा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद लमजुङका अध्यक्ष जीवराज घले, क्होलासोंथर २ का पूर्व वडाध्यक्ष बुद्धिप्रसाद तमु, विद्यार्थीहरु विवेक तमु र छात्रा मेलिन घलेले मन्तव्य राखेका थिए ।

Advertisement

यस शैक्षिकसत्र सत्रमा कक्षा ८(१२ सम्म छात्रवृत्ति प्राप्त जम्मा १८७ जना मध्ये २८ जना र कक्षा ९ मा यस वर्ष छनौटमा परेका जम्मा ८४ मध्ये १२ जना विद्यार्थीहरु लमजुङ जिल्लाका छन् । लमजुङका १० जना विद्यार्थीहरुलाई असोज ३ गते पोखरामा आयोजित कार्यक्रममा छात्रवृत्ति वितरण गरिएको थियो ।

संस्थाका द्वितीय उपाध्यक्ष डमरबहादुर तमुको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष श्यामबहादुर तमुले र कार्यक्रम सञ्चालन सचिव कन्चन तमुले गरेका थिए ।

Advertisement

यसैगरी शनिबार नै तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद गोर्खाको व्यवस्थापनमा आयोजित छात्रवृत्ति वितरण कार्यक्रमका लागि निवर्तमान अध्यक्ष चिजकाजी तमुको नेतृत्वमा प्रथम उपाध्यक्ष श्रीजङ तमु, सदस्यद्वय लक्ष्मी तमु र लोकबहादुर तमु तथा विद्यार्थी समितिको कोषाध्यक्ष पन्चकुमारी तमुको समूह खटिएको थियो ।

कार्यक्रममा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद गोर्खाका अध्यक्ष राम तमु, विद्यार्थी पन्चकुमारी तमु, श्री आहाल भञ्ज्याङ् मावि सिरानचोकमा कक्षा १० मा अध्ययनरत छात्रा जेनिसा तमुले आफ्ना भनाइ राखेका थिए ।

जम्मा विद्यार्थी मध्ये २० जना र यस वर्षको नयाँ छनौट भएका १३ गरि जम्मा ३३ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको यस कार्यक्रममा परिषदका कार्यसमितिका पदाधिकारीहरु तथा सदस्यहरु, नेपाल विद्यार्थी समितिका अध्यक्ष मनोज तमु, तमुस्यो जागृती महिला समिती अध्यक्ष हिमला तमु लगायत शिक्षक, अभिभावक र विद्यार्थीहरुको बाक्लो उपस्थिति थियो ।

संस्थाका निवर्तमान अध्यक्ष चिजकाजी तमुको अध्यक्षतामा सम्पन्न यस कार्यक्रम सदस्य लोकबहादुर तमुले सन्चालन गरेका थिए भने प्रथम उपाध्यक्ष श्रीजङ तमुले स्वागत मन्तव्य दिएका थिए । पहिलो चरण पोखरामा ५ जिल्लाका लागि असोज ३ गरे वितरण गरिसकेको र यो दोस्रो चरणको कार्यक्रम रहेको जानकारी सचिव कन्चन तमुले बताइन् ।

तपाईको प्रतिक्रिया