दुर्गा प्रसाईलाई बल प्रयोग गरेर पक्राउ

पोखरा ।
निबास बाहिर गएका प्रहरीलाई घर भित्र छिर्न नदिएर ढोका थुनेर बसेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई प्रहरीले बल प्रयोग गरेरै गिरफ्तार गरेको छ ।
भक्तपुरको कमेराटार स्थित प्रसाई निबासमा पुगेको प्रहरीले एक घण्टाको प्रयासपछि नियन्त्रणमा लिन सफल भएको हो । उनलाई गिरफ्तार गर्न साइबर क्राइब ब्रान्चको प्रहरी टोली खटिएको थियो । डिएसपीको नेतृत्वमा खटिएको टोलीले भर्याङ्गको प्रयोग गरेर कम्पाउण्ड भित्र प्रवेश गरी प्रसाईलाई नियन्त्रणमा लिएको हो ।
ज्वाला संग्रौला लगायतका महिलाहरुले चरित्र हत्या गरेको भन्दै प्रसाई र उनका युट्युवर सहयोगी विरुद्ध मुद्दा दायर गरेका थिए । सोही मुद्दामा अदालतबाट पक्राउ पूर्जी जारी गरी प्रहरी उनलाई नियन्त्रणमा लिन गएको हो ।
गिरफ्तारीका क्रममा प्रहरीमाथि हातपात गर्ने प्रसाईका अंग रक्षकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रसाईले प्रहरीका विरुद्ध तथानाम गाली समेत गरेका थिए ।
प्रसाईसहित उनीसँगै रहने युट्युवरहरु प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेविरुद्ध साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले गत साता नै जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो । रास्वपा केन्द्रीय सदस्य टीका संग्रौलालगायत पीडित महिलाले उनीहरुविरुद्ध साइबर व्युरोमा जाहेरी दिएका थिए ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया