जिबी राईका टेलिभिजन पार्टनर छविलाल जोशी काठमाडौंबाट पक्राउ
समाधान संवाददाता
२०८१ असोज ६ गते १७:३४

पोखरा ।
सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका पूर्व डिआइजी छविलाल जोशी पक्राउ परेका छन् । संसदीय छानविन समितिले जाेशीलाई पनि दोषी औल्याउँदै प्रचलित कानुन अनुसार कारवाही गर्न सिफारिस गरेको थियो ।
जोशी सहकारीको करोडौं रुपैयाँ लगेर दुरुपयोग गरेको गाेर्खा मिडिया नेटवर्क प्रालिको पूर्व सञ्चालक हुन् । कास्की प्रहरीको पत्रका आधारमा अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको बताइएको छ ।
संसदीय छानविन समितिले गोर्खा मिडियाका सञ्चालकहरु जिबी राई रवि लामिछाने कुमार रम्तेल र छविलाल जाेशीले सहकारीको रकम अपचलन गरेका छन् भन्दै प्रचलित कानुन अनुसार कारवाही गर्न सिफारिस गरेको थियो ।
सो प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले आदेश दिए लगत्तै जोशी पक्राउ परेका छन् ।
सम्बन्धित









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया