विभेदविरुद्ध लेकसिटीका विद्यार्थीले देखाए नाटक

समाधान संवाददाता २०८१ असोज ६ गते २०:२५

वसन्त कार्कीपोखरा
गैरापाटनस्थित लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमाा जातीय विभेद र पितृसत्तात्मक सोचमाथि केन्द्रित नाटक मञ्चन गरिएको छ । ननक्रेडिट कोर्स ‘डेमोक्रेसी फम थ्योरी प्राक्टिस’ पढेका विद्यार्थीले समाजमा विद्यमान जातीय प्रभुत्व र महिला विरुद्धको हिंसा चित्रण हुने गरी विभेदविरुद्धको नाटक देखाएका हुन् ।

Advertisement


कोर्सलाई युएसएआइडी र आइएफइसले सघाएको थियो । लोकतन्त्रको सैद्धान्तिक पक्षलाई व्यवहारमा उतार्न विद्यार्थीले ननक्रेडिट कोर्समा सिकेका थिए । ११ विद्यार्थीहरूले यो नाटकमा भाग लिएका थिए ।


लोकतान्त्रिक अभ्यासन, मतदान, मतदाता नामावली दर्ता लगायत प्रक्रियाबारेको प्रस्तुतिसहितको कार्यक्रम हेर्न निर्वाचन आयोगका प्रतिनिधि र पोखरा वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुली, वडा सदस्यहरू, टोल विकास संस्था र महिला समूहका प्रतिनिधिहरू समेत लेकसिटी कलेज पुगेका थिए ।


महिला नेतृत्व र जातीय विभेदमाथि गहन छलफल नाटकपछि आयोजित छलफल सत्रमा वडा नम्बर ४ की महिला प्रतिनिधि विष्णुमाया परियार र पार्वती माकाजुले जातीय विभेद र महिलाहरूले राजनीति तथा वडामा काम गर्दा भोग्ने चुनौतीहरूबारे आफ्ना अनुभव साझा गरे । उनीहरूले महिलाहरूले आफ्नो आवाज उठाउन र समुदायमा महत्वपूर्ण काम गर्न भोग्ने कठिनाइहरूको बारेमा चर्चा गरे ।


कार्यक्रममा डेमोक्रेसी थ्योरी टू प्राक्टिस कक्षाका शिक्षक उपेन्द्र पौडेल, पदमा पराजुली, नाटकका सहायक निर्देशक रोशिना कुँवर, र निर्वाचन आयोगका प्रतिनिधिले पनि आफ्ना विचार राखे । नाटकको मुख्य उद्देश्य समाजमा व्याप्त लैंगिक असमानता र जातीय विभेदलाई उजागर गर्नु रहेको विद्यार्थीहरुले बताए । वडा ४ का अध्यक्ष पराजुलीले समाजमा परिवर्तन ल्याउन यस्ता कार्यक्रमहरू अति आवश्यक रहेको औंल्याए ।

Advertisement

तपाईको प्रतिक्रिया