सराङकोटबाट लागूऔषधसहित तीन जना पक्राउ

पोखरा ।
पाेखरामा लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार दिउँसो सराङकोटबाट दुई जना र अन्नपूर्ण गाउँपालिका २ नयाँपुलबाट एक जनालाई पक्राउ गरेको हो ।
सराङकोटका स्थानीय होटल सञ्चालक ३५ वर्षीय मनिष श्रेष्ठ, म्याग्दीका २३ वर्षीय अजय पुन छन् सराङकोटबाट र नयाँपुलबाट कुश्मा अर्मादीका २२ वर्षीय बिशाल राई पक्राउ परेका हुन् ।
श्रेष्ठले लुकाईछिपाई राखेको अवस्थामा लागूऔषध गाँजाको धुलो (पोल्याण्ड) दुई केजी सात सय २५ ग्राम बरामद भएको कास्की प्रहरी प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।
प्रहरीका अनुसार राईको साथबाट लागूऔषध ट्रमाडोल हाइड्रोक्लोराइड क्याप्सुल ५० एमजी अपिडोल नामक एक सय चक्की, सोही नामको लागूऔषध एक सय १० चक्की गरी दुई सय १० चक्की लागूऔषध बरामद भएको छ ।
पक्राउ परेका तीनै जनाविरुद्ध जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी मुद्दामा पाँच दिन म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया