कास्कीमा डेंगी नियन्त्रण गर्न प्रशासनको पहल, डेंगी परीक्षणको शुल्क ६ सय रुपैयाँ

समाधान संवाददाता २०८१ असोज ८ गते १५:०६

पोखरा । पोखरा र आसपाका क्षेत्रमा डंगी रोगको संक्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले चासो देखाएको छ । स्थानीय र प्रदेश तह डेंगी नियन्त्रणमा असफल सावित भएपछि प्रशासनले पहल थालेको हो ।

Advertisement

यसका लागि जिल्ला विपद् व्यवस्थापन समितिको बैठक नै बसेर विभिन्न निर्णयहरु गरेको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेका अनुसार जिल्लास्थित स्थानीय तहहरुका सबै वडाध्यक्षहरुज्यूको संयोजकत्व तथा समन्वयमा सम्भावित डेंगी रोगको संक्रमण नियन्त्रणका लागि लामखुट्टेको लार्भा खोज र नष्ट गर्न स्वास्थ्यकर्मी, आमा समूह, महिला स्वास्थ्य स्वंयसेविका, क्लब, टोल बिकास सस्था, नागरिक समाज, निजी क्षेत्र, पर्यटन व्यवसायी, जिल्लास्थित सबै सुरक्षा निकायहरु र अन्य सरोकारवालाहरुको सहभागितामा संलग्न बिवरण अनुसार बिहान ७ बजेदेखि ९ बजेसम्म सबै टोलहरुमा लामखुट्टेको बासस्थान खोजी तथा नष्ट अभियान सञ्चालन गर्ने निर्णय भएको छ । यसको अनुगमन जिल्ला विपद् व्यवस्थापन समिति र पोखरा महानगरपालिकाले गर्ने तय भएको छ ।

सबै स्थानीय तहहरुले स्थानीय आमसञ्चार माध्यम तथा सामाजिक संजाल मार्फत डेंगी रोग रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक अपील गर्ने, नियन्त्रणका उपायहरुका बारेमा पत्रकार महासंघ कास्की मार्फत सबै सञ्चार माध्यमहरुलाई परिचालन गरी व्यापक प्रचार प्रसार गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।

Advertisement

डेंगी रोग संक्रमणको सम्भावित जोखिम स्थलहरु जस्तै: विद्यालय, सरकारी तथा सार्वजनिक कार्यालयहरु, संघ संस्थाहरु, ग्यारेज/ वर्कसप, कबाडी व्यवसाय, , निर्माणधीन भवनहरु, औधोगिक क्षेत्र भित्रका प्रतिष्ठानहरु, सुकुम्बासी बस्तीहरुमा सम्बन्धित पक्षले सरसफाइ तथा लामखुट्टेको बासस्थान खोजी तथा नष्ट गर्ने अभियान सञ्चालन गर्ने र उक्त गतिविधिहरुको अनुगमन स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालय, कास्कीले गर्ने तय भएको छ ।

सबै सरकारी तथा निजी अस्पतालहरु, पोली- क्लिनिक, लगायतका स्वास्थ्य संस्थाहरु मार्फत लक्षण भएका बिरामीको निदान, उपचार गर्ने व्यवस्थापन गरी सोको तत्काल स्वास्थ्य कार्यालय कास्कीमा प्रतिवेदन गर्नुपर्नेछ ।

Advertisement


सबै स्थानीय तहहरुले सबै स्वास्थ्य संस्था/स्वास्थ्यकर्मी मार्फत कक्षा ८, ९, १० तथा उच्च माविहरुमा डेंगी रोग रोकथाम तथा नियन्त्रणका लागि विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम तथा विद्यालयहरुमा पर्चा पम्पलेट वितरण कार्यक्रम सन्चालन गर्ने र उक्त कार्यक्रममा सहजीकरण शिक्षा विकास तथा समन्वय इकाई कास्कीले र पर्चा पम्पलेट को व्यवस्थापन प्याब्सन र हिसानले मिलाउने निर्णय भएको छ ।

डेंगी रोग रोकथाम तथा नियन्त्रण निर्देशक समिति गण्डकी प्रदेशले तोकिएको दररेट ६ सय रुपैयाँमा मात्र मा परीक्षण गर्ने, तोकिएको रकम भन्दा बढी लिए / नलिएको अनुगमन जनस्वास्थ्य प्रयोगशाला पोखराले गर्ने निर्णय भएको छ ।

राजनीतिक दलहरुले आफ्ना सदस्यहरु र भातृ संगठनहरुलाई डेंगी रोग नियन्त्रणका लागि लामखुट्टेकका लाभ खोज र नष्ट अभियानमा परिचालन गर्ने । कास्की जिल्लास्थित अस्पतालहरुमा बिरामीहरुका लागि आवश्यक पर्ने रगतको अभाव हुन नदिन पर्याप्त भण्डारण र नियमित रगत संकलन कार्यलाई नेपाल रेडक्रस सोसाइटी पोखरा शाखाको नेतृत्वमा व्यवस्थित गर्ने निर्णय भएको प्रजिअ पाण्डेले बताए ।


तपाईको प्रतिक्रिया