रास्वपाकाे प्रर्दशनप्रति सूर्यदर्शन सहकारी पीडितको आपत्ति

समाधान संवाददाता २०८१ असोज ९ गते १२:०५

पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताले ७ गते गरेको प्रर्दशनप्रति सूर्यदर्शन बचत पीडित संघर्ष समितिले आपत्ति जनाएको छ । रास्वपाले बचत रकमको सुनिश्चितताको विरुद्ध प्रर्दशन गरेको भन्दै उनीहरुले विज्ञप्तिमार्फत आपत्ति जनाएका हुन् ।

Advertisement


सहकारी ठगीमा परेको विषयमा गम्भिर भएर सोच्नुपर्ने बेलामा सहकारी पीडित विरुद्धको नाटकीय रुपमा लाग्दा अच्चममा परेको विज्ञप्तिमा उल्लेख छ । सहकारी पिडितलाई विभिन्न झुटा लान्छाना लगाउने काम भइरहेको उनीहरुको भनाइ छ ।


‘दश झुटा लान्छाना सहन तयार छौं तर त्यसको बदलामा पीडीतको रकम फिर्ता होस् के यो कुरामा तपाई र तपाईको पार्टी सहमत छ ? पीडितको उपहास गर्दै हिडेको देख्दा यो पीडाको दुखाईमा पनि लाज लागेर आएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

Advertisement


गलत विषयमा जोडेर पीडितलाई फुटाउने, टुटाउने, नेतृत्व कमजोर बनाउने र असफल बनाउने प्रयास गरिएको सहकारी पीडितहरुको आरोप छ । सहकारी पीडितको बचत रकम फिर्ता गर्न सरकारले सहयोग गरिदिनुपर्ने उनीहरुको माग छ ।

Advertisement

तपाईको प्रतिक्रिया