इना सेन्टरले भित्र्यायो अल हरमेन परफ्युम

काठमाडौं । नेपाली बजारमा ब्रान्डेड परफ्युम बिक्री गर्दै आएको इना सेन्टरले दुबईको प्रसिद्ध अल हरमेन परफ्युम पनि भित्र्याएको छ । युनाइटेड अरब इमिरेट्सको दुबईमा तयार हुने अल हरमेन परफ्युम विश्व बजारमै लोकप्रिय छ । नेपालका परफ्युम पारखीहरुलाई लक्ष्य गर्दै इना सेन्टरले अल हरमेन नेपाली बजारमा उपलब्ध गराइएको जनाएको छ ।
काठमाडौंमा हालै आयोजित समारोहमा इन्टरनेसनल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले अल हरमेन परफ्युम नेपाली बजार प्रवेशको शुभारम्भ गरेका छन् । राजनीतिक तथा सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरु सहभागी रहेको कार्यक्रममा फिल्मी क्षेत्रका सेलिब्रेटीहरूहरूको उपस्थिति थियो ।
इना सेन्टरको अल हरमेन पफ्युम्ससँगको सफल साझेदारीले नेपाली बजारमा उच्च गुणस्तरका अन्तर्राष्ट्रिय ब्रान्डहरू ल्याउने आफ्नो प्रतिवद्धतालाई पुन प्रमाणित गरेको यसका प्रबन्ध निर्देशक उद्धव बर्तौलाले बताए ।
‘हामी पहिलोपटक युएईको सबैभन्दा प्रतिष्ठित परफ्युम ब्रान्ड अल हरमेन नेपालमा ल्याउन पाउँदा अत्यन्तै गौरवान्वित छौं,’ बर्तौलाले भने, ‘अल हरमेनले उत्कृष्ट सुगन्धका लागि बेन्चमार्क सेट गरेको छ र हामी विश्वस्त छौं कि नेपाली उपभोक्ता र सुगन्ध प्रेमीहरूले पहिलेका ब्रान्डजस्तै यसलाई पनि मन पराउनु हुनेछ ।’
कम्पनीले एम्बर औड सिरिजका दुईवटा नयाँ सुगन्धसहितको परफ्युम पनि अनावरण गरेको छ । जसमा एम्बर औड दुबई नाइट र एम्बर औड दुबई एक्वा रहेका छन् । कार्यक्रमका सहभागीहरूबाट दुवै सुगन्धप्रति उत्साहजनक प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ ।
अल हरमेन सन् १९७० मा स्थापना भए पनि हाल परफ्युम क्षेत्रको ग्लोबल लिडर कम्पनी बनिसकेको छ । यसमा प्रिमियम क्वालिटी र विशिष्ट वस्तुहरुको मिश्रणको कारण नेपालमा पाइने अन्य परफ्युमको तुलनामा यसले छुट्टै पहिचान बनाउने विश्वास गरिएको छ ।
इना सेन्टरले यसअघि पनि नेपालमा क्लाइभ क्रिस्चियन, निशाने, टिजियाना टेरेन्जी, अफनान र एसेन्शियललगायतका ब्रान्डका परफ्युम बिक्री गर्दै आइरहेको छ । नेपाली बजारमा विकास भइरहेको विलासिता र गुणस्तरीयताप्रतिको सचेतनालाई ख्याल गर्दै इना सेन्टरले पाँचवटा विशेष शोरुमसहित अनलाइन ई–कमर्स प्लेटफर्मबाट पनि यी परफ्युम बिक्री गर्दै आइरहेको छ ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया