प्रधानमन्त्री रोजगार कार्यक्रमः सडक ढलानमा स्थानीयलाई अवसर

दमौली ।
बन्दीपुर गाउँपालिकाले सडक ढलानमा स्थानीयलाई रोजगारी दिएको छ । बन्दीपुर गाउँपालिका–४ स्थित पुलामी चोकबाट पानी ट्यांकी सम्म जाने सडक ढलानका लागि यहाँका स्थानीयले रोजगारी पाएका हुन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत वडाभित्रका विकास योजनामा स्थानीयलाई रोजगारी दिने नीतिबमोजिम सूचीकृत बेरोजगारलाई रोजगारी प्रदान गरिएको गाउँपालिका रोजगार सेवा केन्द्र संयोजक शरणसिंह गुरुङले बताए ।
सडक ढलानका लागि आठ जना अदक्ष र चार जना दक्ष श्रमिकलाई रोजगारी दिइएको छ । सडक ढलान तथा कामदारको ज्यालाबापत रु चार लाख बजेट विनियोजन गरिएको छ । संयोजक गुरुङका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सडक तथा पानीको निकास निम्ति नाला निर्माण, चौतारा मर्मत, पैदलमार्ग निर्माण हुने गरेको छ ।
रोजगारीको हकसम्बन्धी ऐन २०७५ ले सबै नागरिकलाई रोजगारीको हक सुनिश्चित गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चयन भएकाले न्यूनतम सय दिनको रोजगारी पाउँछन् ।









म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
पोखरामा हस्तकला तथा गार्मेन्ट मेला
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया