१६ गते रक्तिम र सामनाको प्रस्तुति

पोखरा ।
गीत, संगीतको माध्यमबाट राष्ट्रियताको पक्षमा जनतामा जागरण ल्याउन रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिले रक्तिम विविध जनसांस्कृतिक कार्यक्रम गर्न लागेको छ ।
सामना सांस्कृतिक परिवारसँगको सहकार्यमा असोज १६ गते पोखरा सभागृहका कार्यक्रम गर्न लागेको अभियानका केन्द्रीय संयोजक नारायण शर्माले जानकारी दिए । उनले अग्रज गायक जीवन शर्मा सहित रक्तिमको केन्द्रीय टोली र सामना परिवारका गरी ३० जना कलाकारल विविध सांस्कृतिक प्रस्तुति रहने बताए ।
कार्यक्रममा नारायण योगी, नारायण शर्मा, नीलिमा पुन, उदय रिजाल, काजी गाउँले, सुशीला थापा, दलबहादुर विकका अलवा बागलुङ पोखरा मगर समाजको नौमती बाजा समूहको प्रस्तुति रहने संयोजक शर्माले जनाए ।
उनले सांस्कृतिक कार्यक्रमका लागि तामाङ सेलो, टप्पा, सालैजोमा केन्द्रीत गीत नाँच बनाएको उल्लेख गरे । ‘देशको राष्ट्रिय संस्कृति संकटमा परेको छ । त्यसलाई जगेर्ना गर्न जरुरी छ,’ उनले भने, ‘राष्ट्रियताको रक्षा र जनजिविकाको सवालमा जनतालाई सचेत गराउनुको साथै पाश्चात्य छाडा संस्कृतिको बिगबिगी र दबदबालाई रोक्न आवश्यक छ ।’
उनले अभियानले मुलुकमा विद्यमान विकृति विसंगति, भष्ट्राचार, मंहगीको बिरुद्धमा सांस्कृतिक सचेतना तथा जागरण अभियान सञ्चालन गरेको बताए । कार्यक्रममा रक्तिम सास्कृतिक अभियान केन्द्रीय समितिका महासचिव उदय रिजालले बुर्जुवा र छाडा संस्कृतिको प्रभावलाई रोक्न समाजका जनवादी गीत संगीतको महत्व हुने जनाए ।
रिजालले जनमुखी चेतना जगाएर समाजमा सही दृष्टिकोण निर्माण गर्न र जनतामा उत्साह र उत्प्रेरणा गर्नुका साथै राष्ट्र र राष्ट्रियता गहिरो प्रेमको भाव जगाउने कार्यक्रमको लक्ष्य र उद्देश्य रहेको बताए ।









खुमा अर्याल फाउन्डेसनको शिविरमा ६ सय ३१ जनाले लिए स्वास्थ्य सेवा
लक्ष्मी ग्रुपको ५२औं स्थापना दिवसमा २१ कर्मचारी सम्मानित
‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया