रुसी फोटोग्राफरका रोज्जा तस्बिर पर्वतीय संग्रहालयमा

पोखरा ।
रुसी फोटोग्राफर निकोलास रोरिकका तस्बिरहरुले युवा युरी रोडिचेभलाई यसरी आकर्षित गरे कि उनले इलेक्ट्रोनिक्स इन्जिनियरिङ पास गरेपछि अध्ययनलाई व्यवहारमा ल्याएनन् । क्यामेरा बोकेर हिमाल कैद गर्न लागे । रुसका हिमाल र हिमाली क्षेत्रले लोभ्याएका युरी नेपाल आएपछि यहाँका हिमाल देखेर यति मोहित भएकी २१ वर्षमा ३२ पटक उनी भ्रमणमा आएका छन् ।
उनले खिचेका रोज्जा तस्बिरहरुको पुस्तक ‘दि हिमालयज’ शनिबार पोखरामा सार्वजनिक भएको छ । रोडिचेभले ३२ पटक नेपाल भ्रमण गरी खिचेका हिमाल, हिमाल बस्ती, नेपालका ऐतिहासिक स्थलहरु पुस्तकमा सङ्गृहीत छन् । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराले शनिबार आयोजना गरेको कार्यक्रममा गण्डकीका मुख्यमन्त्री सुरन्द्रराज पाण्डे र फोटोग्राफर रोडिचेभले पुस्तक सार्वजनिक गरे ।
८४ वर्षीय रोडिचेभको सपना छः यो पुस्तकलाई रुसी भाषामा प्रकाशन गर्ने । त्यसको चाँजोपाँजोसमेत उनले मिलाइसकेका छन् । उनले खिचेका ४२ फोटोहरुको प्रदर्शनीसमेत पर्वतीय संग्रहालयमा शनिबारबाट सुरु भएको छ । युरीले कैद गरेका रोज्जा तस्बिरहरु अब पोखरामै रहने भएका छन् ।
३२ पटक नेपाल आएर युरीले खिचेका फोटा रहेको पुस्तक ‘दि हिमालयज’ सार्वजनिक र उनका रोज्जा फोटोहरुको प्रदर्शनी भएको छ
कार्यक्रममा मुख्यमन्त्री पाण्डेले युरीबाट नेपालीले प्रेरणा लिनुपर्नेमा विचार राखे । ‘निवृत्त र निष्क्रिय जीवन बिताउने उमेरमा विदेशले गरेको कामबाट हामीले प्रेरणा लिनुपर्छ । ६० वर्ष कटेका नेपाली मकहाँ दिवा सेवा केन्द्र बनाउन बजेट माग्न आउँछन् । युरीले ६० वर्षपछि फोटो खिचेर यसरी पुस्तक र प्रदर्शनी गरे ।’ पर्वतीय संग्रहालय गण्डकीको मुख्य गन्तव्यमा पर्ने सुनाउँदै सरकारको क्षमताले भ्याएसम्म यसको प्रवर्धन र विकासका लागि सघाउने प्रतिवद्धतासमेत जनाए ।
फोटोग्राफर रुडिचेभका यी फोटा रुसका १ सय ६१ सहरमा १ सय ८१ पटक प्रदर्शन भइसकेका छन् । आफू नेपालीको साथी भएको उल्लेख गर्दै उनी हिमाल र नेपालीको संगतले जीवनलाई हेर्ने दृष्टिकोण फराकिलो बनेको उल्लेख गर्छन् । कहिले हिमाली आँधीमा सम्पर्कविहीन भई ३ दिनसम्म उनले तस्बिर खिचेका थिए भने कहिले दुई साता पर्खेर तिब्बतबाट सगरमाथाको उत्तरी मोहडाको एउटा फोटो खिचेका थिए ।
कार्यक्रममा सांसद सरस्वती गुरुङले पर्वतीय संग्रहालय जीवित र महत्वपूर्ण संग्राहालय बनेको बताइन् । उनले भनिन्, ‘प्रकृतिलाई संस्कृतिसँग जोडेर जानु जरुरी छ । यो संग्रहालयले यही काम गरेको छ र जीवित संग्रहालय बनेको छ ।’ प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले महाभारतदेखि हिमालका विभिन्न भूभाग र तिब्बतीय क्षेत्रसमेत पुगी खिचिएका तस्बिरले अनुसन्धाता र नेपाल जान्न चाहनेलाई सघाउने उल्लेख गरे ।
अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय समिति सदस्य अम्बरबहादुर गुरुङ (जितु) र संस्थाका सल्लाहकार अग्रज पर्यटन व्यवसायी हरिध्वज तुलाचनले पनि कार्यक्रममा बोलेका थिए । संग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले हिमाल, हिमाली संस्कृति र सभ्यता खुला अनुसन्धान केन्द्र बनेको संग्रहालयमा यस खालका आकर्षत थपिनु खुसीको कुरा भएको बताइन् । उनले राज्यका निकाय र विभिन्न तहका सरकारले एक सय ५ देशका दुई लाख पर्यटक वर्षमा भित्र्याउने संग्रहालयलाई प्रवर्धन गर्नुपर्नेमा जोड दिइन् ।
दि हिमालयजको प्रकाशनका लागि नेपाल पर्वतारोहण सङ्घ, फ्रेन्डस् एड्भेन्चर टिम, होली हिमालयज र नेपाल पर्यटन बोर्डले सहयोग गरेका छन् । एक सय ८४ पेजको पुस्तक मञ्जरी शाक्यले सम्पादन गरेका छन् । म्याप हाउस काठमाडौंले प्रकाशन गरेको पुस्तकको मूल्य ३ हजार ५ सय छ । उनका १४ पुस्तक प्रकाशित छन् भने ४ प्रकाशोन्मुख छन् ।









यस्तो छ कांग्रेसको समानुपातिक सूची आयोगमा : अर्जुननरसिंहदेखि राष्ट्रपतिकी छोरीसम्म (सूचीसहित)
ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया