गोरखाबाट काठमाडौं जाँदा हराइरहेको बस झ्याप्लेखोलामा पुरिएको भेटियो, ८ शव निकालिए

समाधान संवाददाता २०८१ असोज १३ गते १५:१८

पोखरा ।

Advertisement

गोरखाबाट काठमाडौं जाँदा हराइरहेको बस काठमाडौंनजिकै पृथ्वीराजमार्गमा पर्ने झ्याप्लेखोलामा पुरिएको पुष्टि भएको छ। ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस पनि पहिरोमा पुरिएको अवस्थामा फेला परेको ही । उक्त बसबाट ८ जनाको शव निकालिएको छ ।

उक्त बस शुक्रबार बिहान ११ बजे धार्चे गाउँपालिकाको लापुबेसीबाट काठमाडौं प्रस्थान गरेको थियो। बसका चालक र सहचालकसँग खानीखोलाबाट सम्पर्क टुटेको थियो । झ्याप्लेखोलामा ३ वटा गाडी पुरिँदा अहिलेसम्म ३५ जनाको मृत्यु भएको पुष्टि भएको छ । झ्याप्ले खोलामा गएको पहिरोमा अहिलेसम्म बुटवलबाट आएको विङ्गर, गोरखाबाट आएको दरौँदी यातायातको बस र चितवनबाट आएको माइक्रो बस परेको पुष्टि भएको छ ।

Advertisement

बुटवलबाट काठमाडौं आइरहेको लु १ ज ४५७८ नम्बरको माइक्रोबस पहिरोमा पुरिँदा १४ जनाको मृत्यु भएको छ । त्यस्तै अर्को हायस गाडी चितवनबाट आएको  यसअघि नै खुलेको थियो। उक्त गाडीमा १७ जना सवार रहेको प्रहरीले जनाएको छ।

शनिबार साँझ बसबाट १४ जनाको शव निकालिएको थियो । आइतबार बिहानैदेखि स्काभेटर लगाएर पहिरो हटाउने क्रममा शवहरू भेटिएका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया