ग्रीन डेभलपमेन्टका ग्राहकलाई खेलकुञ्ज एरिनामा छुट

पोखरा । पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र पोखरा १३, कुँडहर सिग्देलमार्गस्थित खेलकुञ्ज एरिना प्रालिबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
जसमा खेलकुञ्ज एरिनाले प्रदान गर्ने विभिन्न खेलकुद, पौडी, मनोरञ्जन एवं खानाका परिकारमा छुट प्रदान गर्ने सम्झौता भएको हो ।
सहमतिसँगै बैंकका कर्मचारी तथा ग्राहकलाई कम्पनीले ग्रीन डेबिट कार्ड, मोबाइल बैंकिङ प्रयोग गरी कम्पनीमा उपलब्ध स्वीमिङ पुल, फुटसल, रेस्टुरेन्ट लगायतका सेवामा १० प्रतिशतसम्म छुट प्रदान गर्नेछ ।
सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक महाप्रबन्धक संयुक्तबहादुर धाख्वा र खेलकुञ्ज एरिनाका तर्फबाट अध्यक्ष अनिस सिग्देलले हस्ताक्षर गरेका छन् ।
उक्त कार्यक्रममा बैंकको व्यवसाय प्रवद्र्धन विभाग प्रमुख अनुप केसी र शीतलादेवी शाखाका शाखा प्रबन्धक दिनेश बरालको समेत उपस्थिति थियो । यो सम्झौता २ वर्षसम्म लागु हुनेछ ।
तपाईको प्रतिक्रिया