पोखरामा सार्वजनिक भयो प्रिमियम र स्मार्ट इभी नामी

समाधान संवाददाता २०८१ असोज १४ गते ११:०९

पोखरा ।
नेपालका लागि डोङफेङ इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले पोखरामा आइतबार प्रिमियम र स्मार्ट इभी नामी सार्वजनिक गरेको छ ।


हाइड्रो पावर व्यवसायी संघका निवर्तमान अध्यक्ष कृष्ण आचार्य, सर्वोच्च अदालतका पूर्व माननीय न्यायाधीश डा. आनन्द मोहन भट्टराई, पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष गोकर्ण कार्की, एमएडब्लु वृद्धिका बिजनेश हेड प्रशन्न पन्त, भट्टराई एन्ड ब्रदर्सका संस्थापक अम्बिकामोहन भट्टराईले संयुक्त रुपमा नामी इभी सार्वजनिक गरेका हुन् ।


सेग्मेन्टमै सबैभन्दा लक्जरियस र इन्टेलिजेन्ट नामी इभीले पोखराको इभी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीको दावी छ । यसको आकार र चौडाइ ठूलो हुनुका साथै धेरै सेग्मेन्ट फस्ट र सेग्मेन्ट बेस्ट फिचर प्रयोग गरिएका छन् । एक महिनाअघि काठमाडौंमा सार्वजनिक भएको नामी इभी नाडा अटो सोमा ७१७ युनिट बुकिङ भएको थियो ।

Advertisement


भट्टराईले पोखरामा स्मार्ट र इन्टेलिजेन्ट इभी नामीलाई प्रतिनिधित्व गर्न पाउँदा खुसी भएको बताए । उनले विक्री मात्र होइन विक्रीपछिको सेवालाई पनि उत्तिकै महत्व दिने बताए । ‘ग्राहकको सन्तुष्टि नै पहिलो प्राथमिकता हुनेछ,’ उनले भने ।


इभी कम्पनीहरुले विक्री पछिको सेवा र चार्जिंग स्टेसनलाई विशेष ध्यान दिन आचार्यले आग्रह गरे । उनले पोखराको लेकसाइड क्षेत्रमा फोसिल्स फ्युलका गाडीलाई प्रवेश निषेध गरेर इभीबारे देशभर सन्देश फैलाउन सकिने उनको भनाइ छ । ‘देशलाई सबैभन्दा ठूलो घाटा पेट्रोलबाट भइरहेको छ । जलस्रोतको उपयोग गरेरलाई यसलाई पूर्ति गर्न सकिन्छ,’ उनले भने ।

Advertisement


एमएडब्लु वृद्धिका बिजनेश हेड प्रशन्न पन्त गाडी किन्ने निर्णय गर्नुअघि त्यो ब्रान्डको लेगेसीबारे जान्नुपर्ने र नेपालमा त्यसलाई कसले भित्र्याइरहेको छ भन्नेमा ध्यान दिनुपर्ने बताए ।


सेग्मेन्ट फस्ट फिचरले भरिएको नामी


नामीले आफ्नो सेग्मेन्टमा लक्जरी र इन्टेलिजेन्टको नयाँ मापदण्ड स्थापित गरेको छ । यसको लक्जरियर इन्टेरियर र अत्याधुनिक स्मार्ट प्रविधि यसको स्लिक डिजाइनमा राम्रोसँग सम्मीश्रित छ ।


यसमा सेग्मेन्ट फस्ट वेलकम सिट, मेमोरी सिट, फ्रेमलेस डोर, फ्लस डोर ह्यान्डल, अटो पार्किंग टेबल टपसहितको पेसेन्जर ड्रअर पनि रहेको छ । साथै इन्टेलिजेन्ट एसी सिस्टम, बेबी केयर मोड, रेस्ट मोड, रेन डिटेक्सन, हिटेड र भेन्टिलेटेड सिटले यो कारको कम्फर्ट र कन्भिनियन्सलाई अझ माथि पुर्याउनेछ र हरेक यात्रालाई प्रिमियम बनाउनेछ ।


यो फ्युभरिस्टिक ह्याचब्याक इभीप्रेमीलाई सुहाउने गरी नामी ई१, नामी ई२ र नामी ई३ गरी तीन भेरियन्टमा उपलब्ध हुनेछ जसको मूल्य २९.९९ लाखदेखि ३४.९९ लाख रुपैयाँ रहेको छ ।


नामीमा लेभल २ एडास, भेन्टिलेटेड र हिटेड सिट, १२.८ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १७ इन्चको टायर , १२ वटा अल्ट्रासोनिक राडारसहितको ३६० डिग्री क्यामेरा, एडाप्टिभ क्रयुज कन्ट्रोल, अटोडिमिंग फिचरसहितको स्टार लाइट क्रिस्टल एलइडी हेडल्याम्प जस्ता सेग्मेन्टकै बेस्ट फिचरहरु रहेका छन् ।


यो इभीमा प्रोक्सिमिटी लक अनलक, मल्टिकलर एम्बायन्ट लाइट, वान टच रेस्ट मोडसहितको फ्ल्याट फोर्ड फ्रन्ट सिट, एक्टर्नल डिस्चार्ज क्यापाबिलिटी, पर्सनलाइज्ड टचस्क्रिन सेन्ट्रल कन्सोल र लक्जरियर अर्बान इन्टेरियर स्पेसले पूर्ण बनाएको छ ।


एमएडब्लु वृद्धिले सोमबार पोखराकै सबैभन्दा ठूलो एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्यामको आयोजना गर्दैछ जहाँ ग्राहकले दिपल, सेरस र नामीले नाडा अटो सोमा जारी गरेको विशेष अफर उपयोग गर्न सक्नेछन् जसअन्तर्गत दिपल एस ०७ बजेट अघिको मूल्य यानि ७१ लाख ९९ हजार रुपैयाँ पर्छ । नयाँ सेरेस ३ लाई ४५ लाख ४९ रुपैयाँ पर्छ भने नामी इभीमा ७ किलोवाटको चार्जर उपलब्ध छ ।


ग्राहकले हरेक टेस्ट ड्राइभ र पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार समेत पाउनेछन् । यसबाहेक ‘अनस्पट फाइनान्सिंग’ र ‘अनस्पट डेलिभरी’ पनि लिन सक्नेछन् ।

तपाईको प्रतिक्रिया