शिक्षा क्षेत्रको संरचना तथा व्यवस्थापन

शिक्षाले नै नेपालीलाई दुई वर्गका नागरिक बनायो भनेर आलोचना हुन्छ । एकथरी निजी विद्यालयमा पढ्छन् र एउटा वर्गको नागरिक हुन्छन्, अर्काेचाहिँ सामुदायिक । तसर्थ निजी र सरकारी विद्यालयको लेभल एकै गराउन आवश्यक छ । त्यसका लागि बाल विकास केन्द्रलाई पनि २ देखि ४ वर्ष वा चरणमा विभाजन गर्न सकिन्छ । यसलाई सरकारी वा निजी विद्यालयमा नर्सरी र केजी, नर्सरी, एलकेजी, युकेजी गरी २ देखि ३ वर्ष बनाऊँ ।
त्यसमा विद्यालयको बानी पार्नको लागि लाग्ने समयावधिलाई २ महिना देखि १ वर्ष सम्मको अवधि दिऊ जसलाई प्रिनर्सरी टोडलर्स जे भने पनि भयो । यसरी २ देखि ४ वर्षको बाल विकास केन्द्र विकास गरौ । र बाल बालिकाको उमेर र क्षमताका आधारमा ६ महिना हुन्छ कि १ वर्षमा लेभल वृद्धि पनि गर्न सक्ने व्यवस्था गरौं । यस समयमा बालापनको सुरक्षा हुने गरी सिर्जनात्मक कार्यमा लगाउ र कक्षा १ का लागि तयारीको रुपमा लिऊ । साथै ५ वर्ष नभई कक्षा १ मा नराखौं ।
सरकारी विद्यालयमा ३ वर्ष भएपछि नर्सरी र ४ वर्षमा केजी गरी ५ वर्षमा १ मा लैजाऊ । दोहोर्याउन आवश्यक भएकालाई दोहो¥याऊँ । ३ वर्ष अघिकालाई पूर्णतया बाल हेरचाह गर्ने गरी प्रिनर्सरी वा टोडलर्स भनी नामकरण गरौं । यसरी सामुदायिक विद्यालयमा चाहिँ बाल विकास केन्द्रलाई तीन चरणमा विभाजन गरौं, हेरचाह वा पूर्व नर्सरी, नर्सरी, केजी, गरि । यसो गरेपछि बोर्डिङसँग पनि सन्तुलन कायम हुन्छ । केजीलाई एलकेजी र युकेजीमा विभाजन गर्न आवश्यक छैन ।
३ वर्ष पुगेपछि बालबालिका केही सामान्य कुरा सिक्न सक्षम हुने भएकोले बालापनमा असर नपर्ने गरी केही आवश्यक वा सामान्य कुरा सिकाउन सकिन्छ । त्यस्तै विद्यालय शिक्षालाई ४—४ मोडल अन्तर्गत कक्षा १–४, ५–८, ९–१२ बनाऊ । नेपाली र अंग्रेजीबाहेक एउटा स्थानीय भाषा राखौं जसमा संस्कृत वा नेपालका स्थानीय तहमा सबैभन्दा बढी बोलिने भाषा मध्ये विद्यालयलाई छनोट गर्ने अवसर दिऊँ जुन कक्षा ५ वा ६ देखि कक्षा ८ सम्म पढाउन सकिन्छ र यत्तिको भएपछि स्थानिय वा राष्ट्रभाषाको संरक्षण पनि हुन्छ ।
आधारभूत शिक्षालाई प्रावि र निमाविमा विभाजन गराैं । एकै ठाऊँमा राख्दा लामो ग्याप हुन सक्छ जसरी जनशक्तिको निर्माण पनि भएको हुन्छ र स्रोतको बाँडफाँटमा पनि सजिलो हुनुका साथै विद्यार्थीलाई उमेरको आधारमा वर्गिकृत गर्न पनि सजिलो हुन्छ ।
पहिलो विकल्पको कुरा गर्दा कक्षा ९ देखि १२ लाई साधारण र प्राविधिक धार गरी दुई भागमा विभाजन गर्न सकिन्छ । कक्षा ९ देखि १२ को प्राविधिक धार सिटिइभिटीले सञ्चालन गरोस् । साधारण धार चाहिँ एइबीले । यसको परीक्षा चाहिँ एकैपटक होस् । करिब चैत अन्तिम एसइई जस्तै । एनइबी वा सिटिइभिटीको परीक्षा एकैचोटी सञ्चालन गरौ‘, कक्षा ९ देखि १२ सम्म । कक्षा १२ को हकमा परिक्षाफल चाहिँ बढीमा ३ महिनाभित्र निष्कासन गर्ने व्यवस्था होस्, असार सम्म । साथै बैशाख १० बाट पढाइ सुरु गरी चैत १० सम्म कक्षा निरन्तर जारी होस् । चैत ११ देखि चैत २० भित्र विद्यालयको परीक्षा हुने व्यवस्था होस् ।
त्यसपछि साधारण धार कक्षा १२ र सिटिईभिटीको कक्षा १२ को परिक्षा पनि स‘गै होस् । कक्षा १, कक्षा ५, कक्षा ८, कक्षा ९ वा कक्षा ११ को परीक्षाको उत्तरपुस्तिकको सम्परीक्षण होस् । कक्षा ८ को स्थानीय स्तरमा केन्द« निर्धारण गरि स्थानीय पालिकाले परीक्षा सञ्चालन गर्दा झन् राम्रो जसले शिक्षक तथा विद्यालयको क्षमता प्रदर्शन गर्छ । कक्षा १० को चाहिँ जिल्ला स्तरीय परीक्षण वा सम्परीक्षण हुने गरी राष्ट्रिय परिक्षा बोर्डले वा सिटिईभिटिले परिक्षा लिन सक्नेछ जसमा प्रश्नपत्र केन्द्रबाटै पठाउन सकिन्छ ।
पहिलो विकल्पमा थप कुरा गर्दा सिटिइभिटीको ३ वर्षे मोडल हटाएर कक्षा ९–१२ मोडेल बनाऊ । मुख्यतया सिटिइभिटीको तीन वर्षेमा पहिलो वर्ष त साधारण र आधारभूत विषयको पढाई हुने हो । विषयगत ज्ञान त दोस्रो र तेस्रो वर्षमा हुने हो । त्यसैले दोस्रो विकल्पमा ९ सम्म साधारण धार बनाएर कक्षा ५ देखि ९ सम्म गरी निमावि बनाई वा कक्षा १–५ र ५–९, र कक्षा १०, कक्षा ११ र कक्षा १२ लाई विषयगत पढाउन सकिन्छ, अर्थात १०–१२ कक्षा मावि हुनेछन् ।
किताब थोरै देखाउनका लागि सबै कुरा एकै ठाउँमा नहालौं । छुट्टाछट्टै पढाएर मूल्यांकन गर्न विद्यार्थीलाई पनि सजिलो हुन्छ
त्यस्तै अर्को तेस्रो विकल्प भनेको कक्षा ९ र १० मा अनिवार्य र विद्यालयको रोजाइको आधारमा साधारण र प्राविधिक धारलाई हुने गरी करिब ३ देखि ४ वटा ऐच्छिक विषय दिऊँ । पछि कक्षा ११ र कक्षा १२ मा पूर्णतया सम्बन्धित साधारण धार तथा प्राविधिक धारको विषयगत ज्ञान दिने गरौँ । यसो गर्दा प्राविधिक शिक्षा जस्तै नर्सिङ पनि २ वर्षमा विशेष अध्ययन बापत पूरा हुन्छ । सिटिईभिटीको तेस्रो वर्ष वा १३ कक्षा हटाऊँ । साधारण तथा प्राविधिक धारकाले अनिवार्य १२ कक्षामा ३ महिने इन्टर्नसिप राखौ र यसको प्रतिवेदन पनि बनाउन लगाऊँ । अनुसन्धात्मक कार्यलाई पनि सहयोग मिलोस् अर्थात विश्वविद्यालय शिक्षाको पनि बाटो बनोस् ।
नेपाल सरकारले आइइएमआइएसमा बनाएको एसएएस (लेखा सफ्टवेयर) सफ्टवेयरलाई सबै समग्र सरकारी विद्यालय व्यवस्थापनको सफ्टवेयर बनाओस् । यसमा लेखा, जिन्सी, लाइब्रेरी, विज्ञान तथा कम्प्युटर ल्याब, शिक्षक हाजिरी, परिक्षा प्रणाली, भर्नाको रेकर्ड जस्ता विद्यालयका पुरै आवश्यकता पुरा गर्ने सफ्टवेयरमा विकास गरौ र सम्बन्धित निकायले आफनो आवश्यकता अनुसार डाटा तान्न मिल्ने व्यवस्था गरौ । यसमा विद्यालयको एप तथा अनलाइन सिस्टम विकास पनि गर्न सकिन्छ ।
नेपाल सरकारले चाहेमा यो २–३ महिनाको काम हो । यसलाई बढीमा ६ महिनामा सम्पन्न गर्न सकिन्छ । नेपाल सरकारको त आइइएमआइएसमा निकै लगानी छ । यसलाई सरकारले कम्तीमा सरकारी विद्यालयको लागि पनि हुने गरी बनाउने हो भने त्यही लागत वा केही थप लागतमा तयार गर्न सकिन्छ । जब एकै ठाउँबाट काम हुन्छ त यसले विद्यालयलाई पनि छुट्टै सफ्टवेयर राख्नपर्ने खर्च घटाउ‘छ र केन्द्रले निर्माण गरेको सफ्टवेयर एउटै खर्चमा देशव्यापी रुपमा सञ्चालन गर्न सकिन्छ । साथै यो निजी विद्यालयले पनि प्रयोग गर्न सक्छ ।
सरकारी शिक्षा तथा स्वास्थ्य पूर्ण तया निःशुल्क होस् । यसमा कुनै पनि शल्क लिन नपाइयोस् । नागरिकको आवश्यकता र समयको माग अनुसार यसमा बजेटको व्यवस्था होस् । कक्षा १, ४ वा ५, ८, र १० मा सम्परीक्षणको व्यवस्था होस् । १२ को परीक्षा यनइबी तथा सिटिइभिटीले लिओस् । कक्षा ९, १० र ११ मा पनि आवश्यकताको आधारमा सम्परिक्षण स्थानीय स्तरमा वा जिल्ला स्तरमा गराउन सकिन्छ । तर कक्षा ९, १०, र ११ को नतिजा चाहिँ अरु सामान्य कक्षा जस्तै १०–१५ दिन भित्र निकाल्न सकिने गरी व्यस्था गरौं ।
१२ कक्षामा जस्तो ग्याप कक्षा १० मा नबनाऊ । अबको विद्यालय शिक्षाको महत्वपूर्ण खुड्किलो भनेको १२ कक्षा हो जुन राष्ट्रिय स्तरमा सञ्चालन हुन्छ । सबै कक्षाको अन्तिम परिक्षाको प्रश्नपत्र सम्बन्धित स्थानीय तहबाट स्वीकृत गराएर परिक्षा सञ्चालन गर्ने व्यवस्था गरौ वा सरकारी विद्यालयमा सम्बन्धित स्थानिय तहले त्यही स्थानिय तहको लागि एउटै प्रश्नपत्र लागू गर्ने समिति र प्रश्नपत्र छनोट समिति बनाएर कार्यान्वयन गरोस्।
त्यसो भएमा कक्षागत मापदण्ड पूरा गर्न शिक्षक क्रियाशील हुन्छन् । वर्षको ३ चोटिभन्दा बढी परिक्षा नहोस् । साना कक्षामा २ चोटी पनि लिन सकिन्छ, कम परिक्षा भएपछि पाठ अनुसार सामान्य परिक्षा वा विषय जाँच, पाठ जाँच वा कक्षा जाँच पनि समयसमयमा लिन सकिन्छ । यसो गर्नको कारण विद्यार्थीको बौद्धिक क्षमता जाच गर्नु हो । यो मात्र चाहिँ सबै कुरा होइन । विश्वमा बौद्धिकताले नै विज्ञानको विकास गरेको छ, त्यसैले यसलाई मापनको एक आधार बनाऊ, पूरा आधार होइन । बाल विकास केन्द्र र ३ कक्षासम्मकालाई दिनको दुईपटक खाजा व्यवस्था गर्दा राम्रो ।
शिक्षक तथा कर्मचारीलाई पनि विद्यार्थीस“गै खाजाको व्यवस्था गर्दा राम्रो हुन्छ, यसो गर्दा शिक्षकको ध्यान पनि विद्यार्थीमा रहन्छ । विद्यालयको किताब नेपाली वा अंग्रेजी जुन भए पनि नेपाली र अंग्रेजीमा बाहेक अरुमा प्रमुख वा महत्वपूर्ण शब्द वा अक्षरमा नेपाली भए अंग्रेजी वा अंग्रेजी भए नेपाली अक्षर अनुवाद गरेर दुुवै राख्न सकिन्छ । किनकि सरकारी कामकाजको भाषामा नेपाली र अंगे्रजी प्रयोग हुन्छन् । यसले दुवै अक्षर वा भाषा चिनाउन सहयोग गर्छ ।
यो व्यवस्था सरकारी तथा निजी विद्यालय दुवैमा गर्न सकिन्छ । सरकारी विद्यालयमा नेपाली भाषाले प्राथमिकता पाओस् । राम्रो पढाइ र शिक्षक हुने भए एउटा अंग्रेजी विषयले पनि राम्रो हुन्छ, साथै यो विद्यार्थीको क्षमतामा पनि भर पर्नुका साथै शिक्षकमा पनि निर्भर गर्छ । मैले बुझे अनुसार समाज जति विकसित हुन्छ, त्यति नै स्पेसलाइज्ड (विशिष्टीकृत) हुँदै जान्छ । तर अहिले सबै विषय एकै भाडोमा राखेर पठाउन खोजिएको छ । विज्ञान, कम्प्युटर, एचपिई र सिर्जनात्मक कला, सामाजिक र नैतिक जस्ता विषय एकै ठाउँमा राखिएको छ । एउटा विकल्प कक्षा १ देखि कक्षा ५ सम्म कम्प्युटर र विज्ञानलाई एउटै बनाई विज्ञान तथा प्रविधि शिक्षा राखाैं भने कक्षा ५ देखि कक्षा १० सम्म विज्ञान र कम्प्युटर विधालाई छुटाइदिऔ जसअन्तर्गत कक्षा १० सम्म अध्ययन गर्दा विद्यार्थीले ब्यासिक र डिप्लोमा सहितका केही प्रोगामिङ पनि सिकून् ।
त्यसतै स्वास्थ्य र सिर्जनात्मक कला दुई फरक विधा हो, यसलाई पेशा, व्यवसाय तथा सिर्जकनात्मक कला बनाऊँ वा स्थानीय विषय राख्ने हो भने पेशा व्यवसाय र सम्बन्धित स्थानिय निकायको बारेमा एकै ठाउँमा राखौँ वा सिर्जनात्मक कला पनि स्थानीय विषयकै अंश बनाऊँ । साथै कक्षा १ देखि कक्षा ३ वा ४ सम्म नैतिक शिक्षा छुट्टै पढाऊँ र कक्षा ५–१० सम्म सामाजिक विषयमा केही अंश राखौं । त्यस्तै सेरोफेरोलाई विज्ञान र सामाजिकमा विभाजन गरौं । प्रमुख विषयको विषयगत परीक्षा १०० मा लिएर ५०/५० मा आन्तरिक र आवधिक मूल्यांकनमा परिवर्तन गरौ ।
थोरै विषय भएकालाई ५० मै लिएर आन्तरिक र ५० को आवधिक मूल्यांकन होस् जस्तो स्वास्थ्य र शारिरिक वा सबैलाई १०० मा परीक्षा सञ्चालन गरेर ५० मा आवधिक परीक्षाको मूल्यांकन गर्न पनि सकिन्छ । जसरी पनि आवधिक मूल्यांकन हुने भएपछि परिक्षा ३ घण्टा लिइयोस् जसमा पूर्णांक १०० होस् तर यसलाई पनि आवधिक मूल्यांकनमा रुपान्तरण गर्दा ५० र बाँकी ५० को त आन्तरिक भइहाल्यो । जुनले केही भएपनि विद्यार्थीको बौद्धिकता र लेखनसिपको विकास गर्छ जसलाई मूल्यांकनको पूरा आधार नभई एक आधारको रुपमा लिन सकिन्छ । किताब थोरै देखाउनको लागि सबै कुरा एकै ठाउँमा नहालौं ।
छुट्टाछट्टै पढाएर मूल्यांकन गर्न विद्यार्थीलाई पनि सजिलो हुन्छ र पाठको भार पनि विद्यार्थीमा कम पर्छ जसरी पनि आवधिक मूल्यांकन हुने भएपछि परिक्षा ३ घण्टा लिइयोस् जसमा पूर्णाङ्क १०० होस् तर यसलाई पनि आवधिक मूल्यांकनमा रुपान्तरण गर्दा ५० र बाँकी ५० को त आन्तरिक भइहाल्यो । जुनले केही भएपनि विद्यार्थीको बौद्धिकता र लेखनसिपको विकास गर्छ जसलाई मूल्यांकनको पूरा आधार नभई एक आधारको रुपमा लिन सकिन्छ । किताब थोरै देखाउनका लागि सबै कुरा एकै ठाउँमा नहालौं । छुट्टाछट्टै पढाएर मूल्यांकन गर्न विद्यार्थीलाई पनि सजिलो हुन्छ र पाठको भार पनि विद्यार्थीमा कम पर्छ ।
तपाईको प्रतिक्रिया