पोखरा-दिल्ली बस सेवा १९ औं वर्षमा

पोखरा ।
पोखरा-दिल्ली-पोखरा सिधा बस सेवा सञ्चालन भएको १९ वर्ष पुगेको छ । पोखराको माेर्डन इरा टुर्स एण्ड ट्राभलले १९ वर्ष अघि असौज १५ गतेदेखि पोखराबाट भारतको दिल्लीका पहिलो सेवा सुरु गरेको थियो जो सेवा आज प्रयन्त चलिरहेको छ ।
पोखराका व्यवसायी केशव प्रसाद अधिकारीको नेतृत्वमा युवा व्यवसायीहरुको सम्युक्त प्रयासमा पोखरादेखि दिल्लीसम्म सिधा बस सेवा सञ्चालन भएको हो । यही कम्पनीले २०१६ सालदेखि नेपाल भारत मैत्री बस सेवाका रुपमा हरेक दिन पोखरा र दिल्लीबाट बस सञ्चालन गरिरहेको छ ।
बस सेवा सञ्चालनको १९ वर्ष पुगेको अवसरमा मंगलबार पोखरामा एक कार्यक्रमको आयोजना गरियो । सो अवसरमा बोल्दै पृथ्विराज मार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसीले नीजि क्षेत्रले देशको यातायात सेवाको उत्थानका लागि अरबौं लगानी गरेको भए पनि राज्यले सुविधा नदिएको गुनासो गरे ।
कार्यक्रममा मोर्डन इरा टुर्स एण्ड ट्राभलका अध्यय केशप्रसाद अधिकारीले पोखरादेखि दिल्लीसम्म सिधा बस सेवा सञ्चालन गरेर पोखराको पर्यटन उद्योगमा योगदान गर्न पाएकोमा खुशी व्यक्त गरे । उनले लगानीकर्ताहरुलाई दुख र लगानी अनुसारको नाफा दिन नसके पनि देशको नाम राख्ने गरी सेवा प्रवाह गरकामा आनन्दको महसुस हुने बताए ।
कार्यक्रममा धवलागिरी बस व्यवसायी समितिका अध्यक्ष उमेश श्रेष्ठ पोखरा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष दामोदर अधिकारी लगायतले मनतव्य राखेका थिए ।
मोर्डन इराले पोखराको जिरो किलोमिटर र दिल्लीको जाहागिरपुरीबाट हरेक दिन बस छुटाउछ ।









इस्वी संवत् २०२६ सुरु : पर्यटकीय क्षेत्रमा उल्लास
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया