पोखरा जगदम्बाको सेवा बिस्तार, थपिए सोफा बस

पोखरा ।
पोखराबाट स्तरीय बस सेवा प्रदान गर्दै आएको पोखरा जगदम्बा ट्राभल्सले सुविधा सम्पन्न बसहरुको संख्या मात्रै बढाएको छैन् सुविधा सम्पन्न बसको रुटहरु पनि थपेको छ । पोखरा काठमाडौ पोखरा रुटमा शोफा बस सेवा सञ्चालन गरेको यो कम्पनीले अबदेखि पूर्वी नेपालको काकडभिट्टासम्म सेवा बिस्तार गरेको छ ।
पोखरा-काठमाण्डौंको रुटमा सुविधा सम्पन्न बस सेवाको माग बढ्दै गएकाले थप २ वटा बस थपेर सेवा दिन थालेको कम्पनीका अध्यक्ष केशवप्रसाद अधिकारीले बताए ।
विगत २५ बर्षदेखि यातायात क्षेत्रमा सेवा दिदैं आएको पोखरा जगदम्बाले सन् २०१३ देखि सुविधायुक्त बस सेवामा हात हाल्न सुरु गरेको हो । यात्रुहरुको सुविधालाई महत्व दिदैं भारतको नयाँ दिल्लीमा बसका बडी निर्माण गरेर आरामदायी सिट उपलब्ध गराउने अभियानमा जगदम्बा निरन्तर लागेको छ । पोखरा जगदम्बाका सोफा बसमा वासरुम, टि.भी, वाईफाई, चिया, कफी, खाना, खाजादेखि जाडोमा ओढ्नका लागि बल्याङ्केट समेत उपलब्ध छन्।
पोखरादेखि पूर्व धरान, विराटनगर, काकडभिट्टा क्षेत्रका यात्रुहरुको पनि गुनासो र माग भएको कारणले पूर्वी नेपाललाई पनि सुविधायुक्त बस सेवाबाट जोडन सुरु गरेको अध्यक्ष अधिकारीले बताए । तर पूर्वी नेपालमा चल्ने बसमा खाना र खाजाको सुविधा नभएको र बस भाडा पनि पृथ्विराज मार्गले तोके बमोजिम नै रहेको उनले बताए ।
पोखरा दिल्ली बस सेवाको समेत अगुवाई गरेका अधिकारीले निकट भविष्य मै विहारको सदरमुकाम पटना र पोखरालाई पनि सिधा बस सेवाबाट जोडने बताए । यसले पोखरामा काम गर्ने भारतीयहरुलाई सहज हुनेछ ।
शुक्रबार एक समारोहकाबिच प्रतिनिधि सभाका सांसद दामोदर पौडेल (बैरागी) ले थपिएका २ बसको औपचारिक रुपमा उद्घाटन गरे । सांसद पौडेलले पर्यटकी शहर पोखरालाई सुविधा सम्पन्न यातायात सेवा प्रदान गरेर जगदम्भाले पर्यटन उद्योगको विकासमा योगदान पुराएको भन्दै खुशी व्यक्त गरे ।









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया