मुस्ताङचोकका ग्यास्ट्रो केयर पोलिक्लिनिक

समाधान संवाददाता २०८१ असोज १९ गते ११:३६

पोखरा ।
पोखराको मुस्ताङचोकमा शुक्रबारबाट ग्यास्ट्रो केयर एन्ड मल्टी स्पेसियालिटी पोलिक्लिनिक सञ्चालनमा आएको छ । ७ वर्षअघि पोखराको नागढुंगाबाट सेवा सुरु गरेको पेट तथा कलेजो रोग उपचार केन्द्र (ग्यास्ट्रो केयर) थप सुविधासहित आफ्नै सुविधासम्पन्न भवनमा सरेको हो ।

Advertisement


काठमाडौँ विश्वविद्यालयबाट पेट तथा कलेजो रोगमा डिएम गरेका प्राडा सुवास भट्टराईले सञ्चालन गरेको पोलिक्लिनिकले चाँडै बालरोग, मुटुरोग, हाडजोर्नी, स्त्री तथा प्रसूति रोग विशेषज्ञबाट पनि सेवा दिने योजना बनाएको छ । प्राडा भट्टराई मणिपाल टिचिङ अस्पतालमा समेत आवद्ध छन् ।


पोलिक्लिनिकका रुपमा सञ्चालन हुने ग्यास्ट्रो केयरमा अकस्मिक सेवा, अब्जभेसनका साथै डे केयरको सुविधासमेत थपिएको छ । यहाँ इन्डोस्कपी, एक्स–रे, इसिजी लगायतका अत्याधुनिक मेसिनको प्रयोगबाट उपचार गर्न गरिएको ग्यास्ट्रो केयरकी वरिष्ठ रेडियोलोजिस्ट डा मेरिना ज्ञवाली भट्टराईले जानकारी दिइन् । करिब साढे ३ करोड लगानीमा पोलिक्लिनिक सुरु गरिएको हो ।


ग्यास्ट्रो केयरले ६ वर्षअघि नेपालमै पहिलोपटक कलेजो कति खराब छ भनी अवस्था पत्ता लगाउने लिभर स्क्यान मेसिन ल्याएको थियो । ग्यास्ट्रो केयरले इन्डोस्कोपी गर्न असहज हुने बिरामीलाई युबिटी मेसिनबाट जाँच गर्ने गरेको छ ।


प्राडा भट्टराईले सम्भवतः राजधानीबाहिर नै पहिलो पटक आफूले पेट तथा कलेजो रोगको मात्र उपचार गर्ने हेतुले क्लिनिक खोलेको बताए । उनले ग्यास्ट्रिकलाई वेवस्ता नगर्न आग्रह गर्दै भने, ‘ग्यास्ट्रिक भनेको पेटमा समस्या छ भन्ने संकेत हो । त्यसलाई बेवास्ता गर्दै गए अल्सर हुन सक्छ, अरु घातक रोगको संकेत पनि त्यो हुन सक्छ ।’

Advertisement

तपाईको प्रतिक्रिया