बाबुछोरा रक्सीले माते, आँसीले हान्दा छोराको मृत्यु

समाधान संवाददाता २०८१ असोज १९ गते १६:१६

लमजुङ

Advertisement

मदिराले मातेका एक बाबुले आफ्नो छोरालाई आँसी प्रहार गर्दा लमजुङको मर्याङ्दी गाउँपालिका–२ का २७ वर्षीय सोमबहादुर तामाङको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार शुक्रबार बेलुका बाबु छोरासँगै बसेर मदिरा सेवन गरेका थिए। त्यसपछि उनीहरूबीच विवाद भएको थियो।

Advertisement

५७ वर्षीय सन्तबहादुरले प्रहार गरेको आँसीले सोमबहादुरको घाँटीमा गम्भीर चोट लागेपछि उपचारार्थ अस्पताल लैजाने क्रममा गम्भीर उनको मृत्यु भएको हो।

अभियुक्तलाई हिरासतमा लिएर कानुनी कारबाही प्रारम्भ भएको छ। मृतककी एक छोरी र श्रीमती छन्। समयमा अस्पताल पुर्‍याउन सकिएको भए उनको ज्यान जोगिनसक्ने तामाङका छिमेकीले बताएका छन्। जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई चितवन लैजादा शनिबार बिहान मृत्यु भएको हो।

Advertisement

तपाईको प्रतिक्रिया