ए मेरो हजुर ४ अर्काे दसैंमा

समाधान संवाददाता २०७६ भदौ ३ गते १४:१९

समाधान संवाददाता
पोखरा

फिल्म प्रदर्शनका लागि दसैं उपयुक्त मानिन्छ । लामो बिदा हुने हुँदा फिल्मलाई लगानी उठाउन गाह्रो हुँदैन । त्यसैले त दसैंमा फिल्म प्रदर्शन गर्न निकै ठूलो राजनीति हुने गरेको छ । केही वर्षयता दीपकराज गिरी र अशोक शर्माको कब्जामा रहेको दसैं बिदा अर्को वर्षबाट थप बाँडिने भएको छ । २०७७ को दसैंमा सुपरहिट फिल्म ‘ए मेरो हजुर’ को चौथो सिरिज प्रदर्शन हुने भएको छ ।

मिति नतोकिए पनि निर्माता सुनीलकुमार थापाले अर्को वर्षको दशैंमा फिल्म प्रदर्शन गर्ने फाइनल भएको बताए । अभिनेत्री तथा निर्देशक झरना थापाले निर्देशन गर्ने फिल्मको मंसिरबाट छायांकन सुरु हुनेछ । अहिले निर्देशक थापा गत वर्षको ब्लकबस्टर फिल्म ‘ए मेरो हजुर ३’ को प्रदर्शनका लागि विदेशी भूमिमा छिन् । उनको साथमा अभिनेत्री सुहाना पनि छिन् ।

Advertisement

‘ए मेरो हजुर ४’ भन्दा अगाडि झरनाले वर्षौदेखि दराजमा थन्किएर बसेको ‘भागवत गीत’ को स्क्रिप्टमा काम गर्ने सोचमा थिइन् । तर, अभिनेता अनमोल केसीले हालै आठौं फिल्मको रुपमा होम प्रोडक्सनको ‘एन्टी हिरो’ गर्ने निधो गरेपछि ‘भागवत गीत’ तत्काल नबन्ने भएको हो । तर, अझै अनमोल र झरनाबीच समय व्यवस्थापनको विषयमा कुराकानी भइरहेको छ ।

‘ए मेरो हजुर ४’ मा अभिनेत्री सुहाना दोहोरिने जानकारी दिँदै सुनीलले भने, ‘यसमा अनमोल भने दोहोरिने छैनन् । हामी नयाँ हिरो लिने वा चलेको भन्ने विषयमा छलफल गरिरहेका छौं । झरना नेपाल आएपछि टुंगो लाग्नेछ ।’

Advertisement

तपाईको प्रतिक्रिया