मूल्य अनुसारको परिमाणमा खाजा नपुर्याएको भन्दै पोखराको मारवाडी सेवा भोजनालयलाई २ लाख रुपैयाँ जरिवाना

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको मारवाडी सेवा भोजनालयलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । लिएको मूल्य अनुसार खाजाको प्याकेटमा कम परिमाण रहेको पाइएपछि प्रशासनले उसलाई जरिवानासहित कारवाही गरेको हो ।
असोज २० गते आइतबार जिल्ला प्रशासन कार्यालय, कास्कीको आयोजनामा शिक्षा विकास तथा समन्वय इकाई, पोखरामा लागुऔषध सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । जसमा विद्यालयका प्रधानाध्यापकका साथमा पत्रकारहरुलाई पनि डाकिएको थियो । कार्यक्रम भएपछि खाजा खाने भनियो । खाजाका लागि पहिल्यै नै मारवाडी सेवा भोजनालयलाई भनिएको थियो ।
खाजाको प्याकेट वितरण पनि भयो । तर प्याकेटमा अर्डर अनुसारका सामान थिएनन् । फ्रुटी, समोसा र मिठाइ लगायत खानेकुरा राख्ने भनेर अर्डर भएको थियो । त्यसै अनुसार पेस्की भुक्तानी पनि भएको थियो । प्याकेटमा फ्रुटी थिएन अनि भने अनुसारको मिठाइँ पनि राखिएको थिएन् । यस्तो किन गरेको भन्दा सञ्चालकले चित्त बुझ्दो जवाफ दिन सकेनन् ।
त्यसैलाई आधार बनाएर प्रशासनले आइतबार पोखरा पोखरा – ४, चिप्लेढुंगाको मा मारवाडी सेवा भोजनालय (पान नं. ६१०५०००२२) लाई कारवाही गरेको हो । प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, मारवाडी सेवा भोजनालयले उपलब्ध गराएको खाजा सम्बन्धमा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (ङ) बमोजिमको कसुर गरेको पाइएकोले उक्त भोजनालयलाई सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (ख) बमोजिम २ लख रुपैयाँ जरिवाना गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।
वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नापतौल वा बनावट आदि ढाँटी वा लुकाइ, छिपाइ वा झुक्याइ त्यस्तो वस्तु वा सेवा बिक्री वा प्रदान गर्न नपाइने उपभोक्ता ऐनमा उल्लेख छ । यस्ता क्रियाकलापलाई अनुचित व्यापार तथा व्यवसायजन्य क्रियाकलामा राखिएको छ ।










‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया