अन्तरबैंक फुटसलको उपाधी एभेरेष्ट र राष्ट्र बैंकलाई

पोखरा।
नेपाल राष्ट्र बैंक कर्मचारी संघ पोखरा समितिद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय अन्तरबैंक फुटसल टुर्नामेन्टको पाँचौँ संस्करण पोखरामा सम्पन्न भएको छ। गण्डकी प्रदेशमा रहेका विभिन्न बैंकमा कार्यरत कर्मचारीबीच भएको खेलमा पुरुषतर्फ ३० र महिला तर्फ १७ टिमको सहभागिता थियो ।
पुरुषतर्फको फुटसलको उपाधी एभरेष्ट बैंकले जितेको छ । उपाधीका लागि कृषि विकास बैंकसँग भिडेको एभरेष्ट टाइब्रेकमा उपाधी माथ कब्जा जमाएको हो ।
निर्धारित समयमा समय १-१ काे बराबरीमा सकिएपछि खेल टाइब्रेकमा गएको थियो ।
त्यसै गरी महिला टिम तर्फको उपाधी भने राष्ट्र बैंकले जितेको छ । उपाधीका लागि नाबिलसँग भिडेको राष्ट्र बैंकको टिमले १-० गोल अन्तरले जित हात पार्दै उपाधी आफ्नो पोल्टामा पारेको थियो ।
प्रतियोगितामा महिला तर्फ उत्कृष्ट खेलाडी मनिषा कुँवर (नेपाल राष्ट्र बैंक) • सर्वाधिक गोलकर्ता: बिनिता पराजुली (नेपाल राष्ट्र बैंक) • उत्कृष्ट गोलरक्षक कुसुम सारु मगर (नविल बैंक) ले पुरस्कार पाए भने पुरुष तर्फ उत्कृष्ट खेलाडी जिवराज बम (कृषि विकास बैंक), सर्वाधिक गोलकर्ता सुरेश थापा (गरिमा विकास बैंक) र उत्कृष्ट गोलरक्षक: सुवास काफ्ले (एभरेष्ट बैंक) भएका थिए ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया