रोकि राखेको स्कुटरमा कारको ठक्कर, अपांगता भएका छन्त्याल गम्भीर घाइते

समाधान संवाददाता २०८१ असोज २२ गते ३:५७

Advertisement

पोखरा । गोरखाबाट पोखरा आउँदै गरेको कारको ठक्करबाट तालचोकमा १ जना घाइते भएका छन् ।

सोमबार दिउँसो पोखरा महानगरपालिका वडा नं.२७ धर्मकाटास्थित पृथ्वीराजमार्ग सडक खण्डमा गोरखाबाट पोखरातर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१-०२९ च २३५० नं. को कारले सडक छेउमा रोकेको ग२४ प ७४०२ नं. को ३ पाङ्ग्रे स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो ।

Advertisement

ठक्करबाट स्कुटर चालक (फरक क्षमता भएका, खुट्टा टेक्न नसक्ने)  २७ तालचोक बस्ने बर्ष ५६ को रामबहादुर छन्त्याल घाइते भएका छन् । उनको गम्भीर अवस्थामा फेवासिटी अस्पतालमा उपचार भइरहेको छ ।

कार र कार चालक जिल्ला गोरखा गोखरा नगरपालिका ११ एघारकिलो बस्ने २५ वर्षे सरोज कुमाललाई इप्रका शिसुवाको नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भरहेको प्रहरीले जनाएको छ ।  

Advertisement

तपाईको प्रतिक्रिया