लमजुङको दूधपोखरी गाउँपालिका पूर्वअध्यक्ष छुपीमायाको निधन
समाधान संवाददाता
२०८१ असोज २२ गते ९:५२

पोखरा । लमजुङको दूधपोखरी गाउँपालिकाका पूर्वअध्यक्ष एवं कांग्रेस नेतृ छुपीमाया गुरुङको निधन भएको छ । ५८ वर्षीया उनी पाठेघरको क्यान्सरबाट ग्रसित थिइन् । उपचारका लागि चितवन लैजाँदै गर्दा मंगलबार बिहान बाटोमै उनको निधन भएको हो ।
उनी २०७४ मा दूधपोखरी गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी थिइन् । उनको घर दूधपोखरी ५ कोल्की हो । चितवनको क्यान्सर अस्पतालमा उनको उपचार हुँदै आएको थियो । गाउँमै बस्दै आएकी उनलाई सोमबार राति बेथाले च्यापेपछि चितवन लैजाने क्रममा बाटोमा निधन भएको हो ।
छुपीमाया कांग्रेस गण्डकी प्रदेश समिति सदस्य, नेपाली कांग्रेस महासमिति सदस्य हुन् । अविवाहित छुपिमाया गाउँमा दाजुसँगै बस्थिन् ।
सम्बन्धित








पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया