पानीको चर्को मूल्य असुल्ने पोखराको रेस्टुरेन्टलाई २ लाख कारवाही

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको लेकसाइडस्थित द वल्ड लान हुआ रेष्टुरेन्ट एन्ड बारलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । अधिकतम खुद्रा मूल्य भन्दा रकम लिएर ग्राहकमाथि ठगफ गरेको उजुरीपछि जिल्ला प्रशासन कार्यालय कास्कीले मंगलबार कारवाही गरेको हो ।
कम्पनीले तोकेको अधिकतम मूल्य भन्दा बढी मूल्य लिई बिक्री गरी उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड ८ बमोजिमको कसुर गरेको देखिएकाले सोही ऐनको दफा ३९ को उफदफा १ को खण्ड ख बमोजिम उक्त जरिवाना गरिएको प्रशासनले जनाएको छ ।
प्रशासनका अनुसार उक्त रेष्टुरेन्टले एक बोतल प्रशोधित पानीलाई सय रुपैयाँमा बिक्री गरेको प्रशासनलाई बिलसहित उजुरी परेको थियो । उजुरीपछि छानबिन गर्दा बढी मूल्य लिएको पाइएपछि कारवाही स्वरुप जरिवाना र कम्पनीले तोकेको अधिकतम मूल्य भन्दा बढी मूल्यमा सामाग्री बिक्री नगर्न निर्देशनसमेत दिइएको छ ।
कास्की प्रशासनले यसअघि पनि पोखराको चिप्लेढुंगाको मारवाडी सेवा भोजनालयलाई खाजाको प्याकेटमा मूल्य अनुसार कम परिमाण रहेको पाइएपछि २ लाख जरिवाना गरेको थियो ।










‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया