बाटो मर्मतले दुर्घटना बढ्यो

समाधान संवाददाता
पोखरा
पोखरा छिर्ने मुख्य नाका विजयपुर हो । विजयपुरबाट पोखरा चाइना पुलसम्म बाटो मर्मतको काम चलिरहेको छ । अलकत्रासँगै मसिनो गिट्टी प्रयोग गरी अलकत्रा छोप्ने काम गरिएको छ । अलकत्रालाई राम्रोसँग मसिनो गिट्टीले समातेको छैन ।
बाटोभरी छरिएको गिट्टीले सवारी साधन चलाउन समस्या आएको छ । मोटरसाइल चलाउँदा गिट्टीको कारण ब्रेक नलाग्ने तथा चिप्लिने समस्या बढेको जिल्ला ट्राफिक कार्यालय कास्की प्रहरी प्रमुख मुरारी मिश्रले बताए । कतिपय समयमा ठूलो सवारीले उछिट्याएको सानो गिट्टीले सानो सवारीलाई हैरानी दिएको छ । गिट्टीमाथि सवारी चलाउँदा मोटरसाइकल चालकसमेत घाइते भएका छन् । बाटोमा मोटरसाइकल र स्कुटर चलाउन समस्या रहेको मिश्र बताउँछन् ।
अहिले उक्त बाटोमा सवारी चलाउँदा विस्तारै चलाउनुपर्ने मिश्रको भनाई छ । मंगलबार लेखनाथ अर्घौचोकका सुमन ढुंगानाको खुट्टामा चोट लाग्न पुग्यो । उनले बाटोमा राखेको गिट्टीका कारण आफ्नो खुट्टा भाच्चिएको बताए । साउन २४ गते उक्त बाटोमा ग ६ प ६२३४ नम्बरको स्कुटर र ग १४ प २३८१ नम्बरको मोटरसाइकल जुध्यो । यसबाट स्कुटर चालक र मोटरसाइकल चालक दुवै जना घाइते भए । आइतबार मात्र पोखरा १० अर्घौंचोकमा ग१०प ४७५० नम्बरको मोटरसाइकल र ग४प २२५४ नम्बरको मोटरसाइकल ठक्कर खानपुग्यो । दुर्घटनामा पोखरा १३ का देवदास गुरुङको ज्यान गयो ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया