आज कात्तिक १ गते गण्डकी प्रदेशमा सार्वजनिक बिदा- सूचनासहित
समाधान संवाददाता
२०८१ कार्तिक १ गते ६:१२

पोखरा । कोजाग्रत पूर्णिमाका दिन आज कात्तिक १ गते बिहीबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ । गण्डकी प्रदेश सरकारले कोजाग्रत पूर्णिमाका दिन कात्तिक १ गते बिदा दिने निर्णय गत वर्षको चैत ९ गते नै निर्णय गरेको थियो ।
सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थाहरुमा कोजाग्रत पूर्णिमाका दिन बिदा हुने भएको हो ।
संघ सरकारले दिनेवाहेक थप दिनको बिदाका लागि त्यतिबेला सरकारले निर्णय गरेको थियो । कोजाग्रत पूर्णिमावाहेक चैते दसैं र भानुजयन्तीमा समेत गण्डकीमा सार्वजनिक बिदा भएको थियो ।
प्रदेश सरकारको स्थापना दिवसका दिन फागुन ४ गते पनि बिदा दिँदै आएकामा यस वर्ष भने उक्त बिदा कटौती गरिएको छ ।

सम्बन्धित









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया