सहकारी ठगी प्रकरण
रवि लामिछानेको फाईल बोकेर कास्की प्रहरीका एसपी र डिएसपी अदालतमा !

पोखरा ।
रास्वपाकाका सभापति रवि लामिछानेलाई पक्राउ गर्नु पर्ने कारण सहितको फाईल बोकेर जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख र उपप्रमुख जिल्ला अदालत कास्कीमा गएका छन् ।
हातमा २ वटा फाइलसहित एसपी श्याम ओलिया र डिएसपी बसन्त शर्मा अदालत भित्र प्रवेश गरेका छन् । श्रोतले उनीहरुले बोकेको फाइलमा रवि लामिछानेलाई पक्राउ गर्नका लागि अदालतमा पुर्जी जारी गराउन आवश्यक पर्ने कागजात समावेश छन् ।
जिल्ला अदालत कास्की दशैको विदापछि आजैदेखि खुलेको छ । अदालतमा रहेका ७ मध्ये ६ न्यायाधिश विदामा छन् । एक जना न्यायाधिश कृष्णजंग शाह ढिलो गरी अदालतमा हाजिर भएका छन् । न्यायाधिश आउनासाथ कास्की प्रहरीका प्रमुख र उपप्रमुख दुवै जना अदालत भित्र प्रवेश गरेका हुन् ।
आज विहानै देखि रवि विरुद्ध पक्राउ पुर्जी जारी हुने हल्ला चले पनि प्रहरीका कुनै पनि अधिकारीले औपचारिक रुपमा बोलेका छैनन् । कास्की प्रहरीका एसपी ओलियाले समाधानको फोन उठाएका छैनन् ।
सूर्य दर्शन लगायतका सहकारीको रकम दुरुपयोग गरेको आरोपमा रवि माथि छानविन हुन लागेको हो ।
आजै विपक्षी दलकी बैठक राखेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रवि लामिछाने पक्राउ पर्ने संकेत दिएका थिए ।
आजै कास्की प्रहरीले सोही ठगी प्रकरणमा मुछिएका रवि र जिबीका अर्का व्यवसायिक साँझेदार छविलाल बन्जाडेलाई पनि अदालतमा हाजिर गराएको छ । उनलाई म्याद थप गर्नका लागि अदालत लगिएको हो ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया