समाजवादी पार्टीको विधान अधिवेशन कात्तिक ५ र ६ गते पोखरामा

समाधान संवाददाता २०८१ कार्तिक ३ गते २०:०१

पोखरा । नेपाल समाजवादी पार्टीको विधान अधिवेशन पोखरामा कात्तिक ५ र ६ गते पोखरामा हुने भएको छ । अधिवेशनले पार्टीको विधान र घोषणापत्र पारित गर्ने पार्टीका केन्द्रीय संयोजक डा‍‍‌ बाबुराम भट्टराईले शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

२०७३ सालमा डा भट्टराईको नेतृत्वमा नयाँ शक्ति नेपाल पार्टी घोषणा भएको थियो। अहिले नाम परिवर्तन हुँदै नेपाल समाजवादी पार्टी बनेको हो।

अधिवेशनमा भट्टराईले पार्टीको विधान र राजनीतिक प्रतिवेदन पेश गर्ने छन् । नयाँ संरचनामा गइसकेपछि पार्टी निर्माणको मोडालिटी, अबको बाटो र देश कसरी बनाउने सकिन्छ भन्नेबारे गहन छलफल गरिने डा भट्टराईले बताए ।

Advertisement

अधिवेशनपछि ३ तहमै पार्टी निर्माण र अभियानमा लाग्ने उनको भनाइ थियो । माओवादी त्यागेपछि नयाँ शक्ति पार्टी हुँदै नेपाल समाजवादीसम्म आइपुग्दा वैकल्पिक राजनीतिको अभ्यास गरेको र अब चाहिँ असली वैकल्पिक पार्टी कस्तो हुन्छ भनेर देखाउने भट्टराईले बताए ।

संयोजक भट्टराईले देशमा बारम्बार हुने सत्ता समीकरण फेरबदल र पछौटेपन हटाउन प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था जरुरी भएको बताए । उनले शासन प्रणालीमा परिवर्तन नगरी देशको विकास र समृद्धि सम्भव नहुने विचार राखे ।

Advertisement

“नयाँ संविधान बनेपछि पनि उही पुरानै दलहरूले उसै गरी पालैपालो शासन गरेको देखियो,” उनले भने, “प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था नभई न देशमा स्थिरता कायम हुन्छ, न आर्थिक प्रगति सम्भव छ।” शासनमा व्यवस्थामा यो परिवर्तनका लागि नयाँ शक्ति जरुरी भएको उनको जिकिर छ।

२०७२ असोजमा नयाँ संविधान बनेपछि नेकपा (माओवादी केन्द्र) परित्याग गरेका डा भट्टराईले नयाँ शक्ति नामक अभियान चलाएका थिए । त्यही अभियानलाई रूपान्तर गर्दै नेपाल समाजवादी पार्टी बनेको हो। नेपाल समाजवादी पार्टीमा बारम्बार विभाजन र नेता, कार्यकर्ताको पलायनको कारणबारे सोधिएको प्रश्नमा नयाँ शक्ति निर्माण हुन केही समय लाग्ने उल्लेख गरे ।

तपाईको प्रतिक्रिया