रवि लामिछानेलाई लेकसाइड घुमाएर अदालत लगियाे

पोखरा ।
सहकारी ठगी मुद्दामा पक्राउ परेका पूर्वगृमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई आइतबार जिल्ला अदालत, कास्कीमा उपस्थित गराइएको छ ।
उनलाई जिरोकिलोमिटर, हल्लनचोक हुँदै लेकसाइडबाट घुमाएर अदालत उपस्थित गराइएको हो । सिधा बाटोमा अवरोध हुन सक्ने भन्दै रविलाई अर्को बाटो प्रयोग गरेर अदालत पुर्याइएको हो ।
सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लामिछानेलाई अदालत उपस्थित गराइएको हो ।
शुक्रबार काठमाडौंस्थित पार्टी कार्यालयबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो । शनिबार सार्वजनिक बिदा परेका कारण आइतबार मात्रै अदालतमा उपस्थित गराइएको हो । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम अपचलन गरेको उनलाई आरोप छ ।
अदालत बाहिर लामिछानेका समर्थक र सहकारी पीडित दुवै पक्ष जम्मा भएका छन् । रवि लामिछाने समर्थकले सहिद चोक र सहकारी पीडित पक्षले आन्दोलन गरिरहेका छन् ।
लामिछानेको पक्षमा वरिष्ठ अधिवक्ताद्वय पन्त र घिमिरेसहित अधिवक्ताहरु यज्ञमणि न्यौपाने, हेमराज पोखरेल उपाध्याय, अधिवक्ता कमल पोखरेल, डा. नारायणदत्त कँडेल र लेखनाथ सापकोटाले बहस गर्ने भएका छन् ।









श्रमिक सहकारीको पुँजी सवा २ करोड
घमीमा लोभलाग्दो स्याउ खेती
कालिका बहुमुखी क्याम्पसमा ३ करोडको पुस्तकालय भवन
गुरुङ संस्कृतिका धरोहर इन्द्रबहादुरको देहावसान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया