रवि लामिछानेलाई ६ दिन थुनामै राख्न अदालतको अनुमति

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । जिल्ला न्यायाधीश नवराज दाहालको इजलाशले उनलाई ६ दिन हिरासतमा राख्न आइतबार अनुमति दिएको हो ।
प्रहरीले सरकारी वकिलमार्फत् थप ६ दिन हिरासतमा राख्न अदालतसमक्ष माग गरेको थियो ।
जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायायधिवक्ता शान्तिदेवी शर्मा र विपिनराज तिवारी र सहकारी पीडितको तर्फबाट वेदबहादुर विष्टले बहस गरेका थिए । लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशील पन्त र नारायण घिमिरेले बहस गरेका थिए ।
सहकारीको रकम अपचलन र संगठित अपराध मुद्दामा अनुसन्धानका लागि रवि लामिछाने शुक्रबार काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई आज दिउँसो डेढ बजे अदालत लगिएको थियो ।
जिल्ला अदालत कास्कीकै अनुमतिमा उनलाई शुक्रबार पार्टीको मुख्यालयबाटै पक्राउ गरेको थियो । रविकै आग्रह अनुसार उनलाई सडकमार्ग हुँदै शनिबार बिहान पोखरा ल्याइएको थियो ।
शनिबार दिनभर रास्वपाका नेता तथा कार्यकर्ताले दिनभरजसो पोखरामा प्रदर्शन गरे । सबैजसो नेताहरु पोखरा आइपुगेका छन् । सहकारी पीडितले समेत पोखरामा शनिबार प्रदर्शन गरेका छन् ।
पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको मुख्य आरोप लामिछानेमाथि छ । रवि लामिछानेको नामै किटान गरेर सहकारी पीडितले २०८० माघ २२ मा जिल्ला प्रहरी कार्यालय कास्कीमा पूरक जाहेरी दिएका थिए । उनीहरूकै जाहेरीका आधारमा पूरक अनुसन्धान भएर लामिछानेको समेत संलग्नता देखिएको छ ।
संसदीय छानबिन समितिले गोर्खा मिडियामा विभिन्न सहकारीका ६५ करोड रकम गोर्खा मिडिया प्रालिमा गएको र त्यसको रकम खर्च गर्दा गोर्खा मिडियाका तत्कालीन कार्यकारी निर्देशन लामिछानेको संलग्नता देखिएको छ ।
गोर्खा मिडिया प्रालिका सञ्चालक छविलाल जोशी असोज ६ गते पक्राउ परी कास्की प्रहरीकै हिरासतमा छन् ।








सम्पादकीय—निर्वाचन सुरक्षा र प्रहरी प्रशासनको दायित्व
निर्वाचन ७८ दिन बाँकी : चुनाव प्रचारमा १० वटा मात्रै झण्डा, घरदैलोमा २५ जनाभन्दा बढी जान नपाइने
पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै, ९ जनालाई ‘नवरत्न’ सम्मान
पोखरा विमानस्थल आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोड बिगो दाबी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया