रवीन्द्र कम्युनिस्ट भएकैले बद्नाम र निधनः कृष्णबहादुर केसी

समाधान संवाददाता
पोखरा
कास्की कांग्रेसका सभापति कृष्णबहादुर केसीले लोकतन्त्र र राष्ट्रियता बचाउन कांग्रेसले उपनिर्वाचन जित्नैपर्नेमा जोड दिएका छन् । तत्कालीन मन्त्री रवीन्द्र अधिकारीको मृत्यु दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्दै उनले कम्युनिस्ट भएकै कारण बद्नामी र निधन भएको जिकिर गरे । उनले भने, ‘रवीन्द्रजी कांग्रेसी थिए भने यति धेरै बद्नामी पनि कमाउँदैनथे, दुर्भाग्यपूर्ण मृत्यु पनि हुँदैनथ्यो ।’
नेपाली कांग्रेस धादिङका पार्टी सभापति रमेशप्रसाद धमलाले कम्युनिस्ट पार्टी नसच्चिएका कारण जनताबाट तिरस्कार हुँदै गएको दाबी गरे । उनले वर्तमान २ तिहाईको कम्युनिस्ट सरकारले राज्यलाई भ्रष्टाचारको अखडा बनाएको आरोप लगाएका हुन् ।
नेपाली कांग्रेस धादिङ पोखरा सम्पर्क समितिद्वारा आयोजित ५ औं साधारणसभा तथा महिला जागरण अभियान उद्घाटन गर्दै नेता धमलाले प्रधानमन्त्री केपी ओली इतिहासकै कमजोर प्रमाणित भइसकेको बताए । भ्रष्टाचार सुन्न पनि नचाहनेमात्र नभई गर्न त झन् दिँदै नदिने प्रतिवद्धता जनाएका ओली सरकारमा मन्त्रीले अर्बौको भ्रष्टाचार हुँदासमेत कुनै एक्सनमा आउन नसकेको बताए ।
उपनिर्वाचनमा कांग्रेसले जित्नैपर्नेमा उनले जोड दिए । उम्मेदवारलाई एकमतका साथ जिताउन लाग्न आग्रह गर्दै मतदाताको घरघरमा पुगरे कास्की कांग्रेसलाई सघाउन समितिलाई निर्देशन दिए । धादिङ कांग्रेसका पूर्व सभापति एवं पूर्व सांसद रामनाथ अधिकारीले दरबारिया, कम्युनिस्ट र सरकारले संविधान च्यात्ने प्रयत्न गरिरहेको उनको भनाइ छ । नीलकण्ठ नगरपालिका धादिङका मेयर भीमप्रसाद ढुंगानाले प्रजातान्त्रिक विचार राख्नेबीच एकता र सहकार्य आवश्यक रहेको बताए ।
कांग्रेस महासमिति सदस्य कल्पना अधिकारीले महिलाको हक अधिकारका लागि महिला नै सक्रिय हुनुपर्नेमा जोड दिइन् । धादिङ कांग्रेसका सचिव विनोद तिमिल्सिनाले प्रदेश सरकार राज्यको सेतो हात्ती भएको भन्दै भविष्यमा संकट निम्त्याउन सक्ने बताए ।
समितिका सभापति लालप्रसाद पाठकको अध्यक्षतामा भएको सभामा कास्की कांग्रेस सचिव देवेन्द्र रानाभाट, कोषाध्यक्ष लक्ष्मी पाण्डे, धादिङ कांग्रेसका जिल्ला सदस्य रामप्रसाद अधिकारी, समितिका निवर्तमान सभापति केदार धमला, वरिष्ठ सल्लाहकार कृष्णकुमार श्रेष्ठ, सल्लाहकार मोहन पण्डित, धादिङ–पोखरा सम्पर्क समाजका अध्यक्ष कृष्णबहादुर लम्साल, नेविसंघ नेता भानु ढकाल, ईश्वर अधिकारी, वरिष्ठ उपसभापति यादुप्रसाद ढकाल, सचिव माधव लम्साल र सहसचिव वेनु पण्डित लगायतले बोलेका थिए ।
कार्यक्रममा कक्षा १२ को परीक्षामा सर्वाधिक अंक प्राप्त गरेकी सुरती पाण्डेलाई ७ हजार नगदसहित सम्मान गरिएको समितिका सहसचिव देवकुमारी श्रेष्ठ(सीता)ले जानकारी दिइन् । समितिले सन्देश ढकाल, छविनारायण श्रेष्ठ र पदमबहादुर श्रेष्ठलाई पनि सम्मान गरेको कार्यक्रम संयोजक देवराज अर्यालले बताए ।
सम्पर्क समितिले कक्षा १२ र एसइई उत्तीर्ण विद्यार्थी फूलकुमारी अधिकारी, सन्दीप श्रेष्ठ, सुस्मिता श्रेष्ठ, शोभा श्रेष्ठ, ज्योति ढकाल, कृष्ण खत्री, नीलक पाठक, अञ्जना शाही, जोशन थपलिया, अद्भिका बोहरा, अनुपमा अर्याल, प्रतीक्षा थपलिया, मनिषा बसौला, प्रकाश सापकोटा, बुद्धकुमारी अधिकारी, अंकित इटनी, रमेश ढकाल, दीक्षा रानामगर र पूजा ढकाललाई पनि प्रशंसापत्रसहित सम्मान गरेको छ । कार्यक्रममा नेकपा परित्याग गरी १० जना कांग्रेसमा प्रवेश गरे ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया