तनहुँको देवघाटका बोटे, दलित, चेपाङ, ब्रामु समुदायको निःशुल्क स्वास्थ्य बीमा

दमौली । तनहुँको देवघाट गाउँपालिकाले बोटे, दलित, चेपाङ, ब्रामु समुदायको निःशुल्क स्वास्थ्य बीमा गरिने भएको छ ।
गाउँपालिकाले अल्पसङ्ख्यक तथा विपन्न समुदायको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको हो । पालिकाका पाँचवटै वडामा बसोबास गर्ने सीमान्तकृत बोटे र चेपाङसहित दलित र ब्रामु समुदायका बासिन्दाको निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिने गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले जानकारी दिनुभयो ।
निःशुल्क स्वास्थ्य बीमाका लागि चालु आव २०८१/८२ मा रु ११ लाख विनियोजन गरिएको थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “ती समुदायको मात्र नभइ अति विपन्न ब्राह्मण, क्षेत्रीका नागरिकको पनि गाउँपालिकाले स्वास्थ्य बीमा गरिदिने नीति लिएको छ ।”
आर्थिक अभावमा पछाडि पारिएका समुदायहरु न्यूनतम स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भनेर यसै आर्थिक वर्षदेखि ती जातिहरुको स्वास्थ्य सेवाको अधिकारलाई सुनिश्चित गरिएको अध्यक्ष थापाले बताउनुभयो । उहाँले सीमान्तकृत र लोपोन्मुख समुदायका सदस्यहरुको स्वास्थ्य, शिक्षालगायत अन्य विभिन्न क्षेत्रमा पनि सहयोग गर्ने पालिकाको नीति रहेको उल्लेख गर्नुभयो । रासस







गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया