रास्वपाले न्यायिक प्रक्रिया प्रभावित पार्न खोज्योः कांग्रेस
पोखरा ।
पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका नाममा भइरहेका पछिल्ला गतिविधिले विधिको शासन कायम गर्ने नेपाली जनताको चाहनालाई अवमूल्यन तथा उपहास गरेको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
सहकारी ठगी र संगठित अपराध मुद्दामा पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको समर्थनमा पोखरामा भइरहेको प्रदर्शनप्रति लक्ष्य गर्दै कांग्रेसले हुल–हुज्जत र सडक प्रदर्शनले न्यायिक प्रक्रिया तथा अनुसन्धानलाई प्रभावित पार्न खोजिरहेको जनाएको हो ।
कांग्रेसले बुधबार जारी गरेको विज्ञप्तिमा कुनै पनि कसुरमा आरोप लागेपछि वैधानिक निकायबाट गरिने अनुसन्धान, छानबिन र न्यायिक प्रकृयालाई सहयोग पु¥याउनु प्रत्येक नागरिकको कर्तव्य हुने तथा राजनीतिक दलको झन् बढी जिम्मेवारी हुने भनिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नाममा भइरहेका गतिविधिले विधिको शासन कायम गर्ने नेपाली जनताको चाहनालाई अवमूल्यन र उपहास गरेको उसको ठहर छ । प्रचलित कानुनबमोजिम कसुर ठहरिने कुनै पनि गतिविधिमा संलग्न जुनसुकै दल, पद वा हैसियतको व्यक्ति भएपनि समान ढंगले अनुसन्धान गरी कानूनी दायरामा ल्याउनुपर्ने मान्यताप्रति कांग्रेसले प्रतिबद्धता जनाएको छ । उसले अनुसन्धान र न्यायिक प्रक्रियालाई प्रभाव पार्ने गरी उत्तेजित र उच्छृंखल गतिविधि नगर्न रास्वपालाई आग्रह गरेको छ ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया