हिरासतमा राख्ने म्याद थप्न रविलाई आज अदालत लगिने

समाधान संवाददाता २०८१ कार्तिक ८ गते ७:५२
फाइल फोटो

पोखरा ।

Advertisement

किर्ते, सहकारी ठगी र संगठित अपराधको अभियोगमा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासत बसाई लम्बिने भएको छ ।

गत शुक्रबार पक्राउ परेका लामिछानेलाई हिरासतमा राख्न जिल्ला अदालत कास्कीले ६ दिनको म्याद दिएको थियो । गए राति १२ बजेदेखि उनको म्याद सकिएको छ ।

Advertisement

आज सरकारी वकिलले अनुसन्धान नसकिएको भन्दै थप म्याद दिनका लागि अदालतको अनुमति माग्ने छन् । माग वमोजिम अदालतले म्याद थपिदिने प्रचलन नै भएकाले म्याद थपिने प्राय निश्चित नै छ ।

Advertisement

तपाईको प्रतिक्रिया