रवि र छविलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइयो, बहस सुरु

समाधान संवाददाता २०८१ कार्तिक ८ गते १०:५१
फाइल फोटो

पोखरा ।

Advertisement

सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा बिहीबार उपस्थित गराइएको छ । अहिले म्याद थप सम्बन्धि बहस भैरहेको छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा उनलाई सहकारी ठगी तथा संगठित अपराधको मुद्दा लगाइएको छ । सोही मुद्दामा पहिलो पटक दिइएको म्याद सकिएपछि प्रहरीले आज (बिहीबार) फेरि उनलाई अदालतमा उपस्थित गराइएको हो ।

सुर्यदर्शन सहकारी अपचलनमा संलग्नता रहेको भन्दै लामिछानेलाई असोज ६ गते काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याइएकाे थियो।

आइतबार उनलाई अदालतमा उपस्थित गराउँदा ६ दिनको म्याद थप गरिएको थियो। उक्त म्याद बुधबार सकिएपछि पुनः अदालतमा उपस्थित गराइएको हो।

Advertisement

तपाईको प्रतिक्रिया