रास्वपा विरुद्ध सहकारी पीडितकाे प्रदर्शनी

समाधान संवाददाता २०८१ कार्तिक ८ गते १३:०४

पोखरा ।
सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचत राखेका पीडितहरूले पोखराको मुस्ताङचोकमा आन्दोलन गरिरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले दिनहुँ सडक आन्दोलन गरेर अनुसन्धान प्रभावित पार्न खोजेको भन्दै सहकारी पीडितहरुले बिहीबार आन्दोलन गरेका हुन् ।

Advertisement


उनीहरुले राजनीतिक दल, नागरिक समाज, उद्योगी व्यवसायी लगायतलाई सहयोग गर्न आह्वान गरेका थिए । उनीहरुको आन्दोलनमा नेपाली कांग्रेस र नेकपा (एमाले) ले समर्थन जनाएका छन् ।


सुर्यदर्शन बचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बुधबार विज्ञप्ति जारी गर्दै बिहीबार हुने आन्दोलनमा ऐक्यबद्धता जनाउन आग्रह गरेका थिए ।

Advertisement


सहकारी पीडितले आफुहरूको आन्दोलनमा साथ दिन आग्रह गरेपछि नैतिक समर्थन दिएको कांग्रेस कास्कीका सचिव भानु ढकालले बताए ।


कानुन सबैका लागि समान हुनुपर्ने तर राष्ट्रिय स्वतन्त्र पार्टीका नाममा कास्की जिल्लाको पोखरामा भइरहेको गतिविधिहरूले विधिको शासन कायम गर्ने नेपाली जनताको चाहनालाई अवमूल्यन र उपहास गरेको उनको भनाइ छ ।

Advertisement


एमाले कास्कीका अध्यक्ष वैनबहादुर अधिकारीले पनि सहकारी पीडितले सहयोगको अपिल गरेपछि नैतिक समर्थन जनाएको बताए ।


बिहीबार रास्वपा कार्यकर्ताले पोखराको वाइचोकमा प्रदर्शन गरेका छन् भने सहकारी पीडितले प्रदर्शन गरिरहेका छन् ।
सहकारी ठगी र संगठित अपराध कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपा कार्यकर्ताले दिनहुँ सडकमा आन्दोलन गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया