लामिछाने र जोशीको म्याद थप सम्बन्धी बहस सकियो

समाधान संवाददाता २०८१ कार्तिक ८ गते १४:२१
फाइल फोटो

पोखरा ।

Advertisement

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको म्याद थपसम्बन्धी बहस सकिएको छ ।

दुवै जनालाई न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा पेस गरिएको थियो ।असोज ६ गते पक्राउ गरी पोखरा ल्याइएका जोशीलाई अदालतले पछिल्लो पटक असोज १७ गतेदेखि लागु हुने गरी २० दिनको म्याद थपेको थियो । कार्तिक २ गते पक्राउ गरी ल्याइएका रास्वपा सभापति लामिछानेलाई असोज ४ गते ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

दुवै जनालाई अदालतले यसअघि दिएको म्याद आज सकिएको छ । अदालतले दिएको म्याद सकिए पनि अनुसन्धान नसकिएकाले पुनः समय माग्न लागिएको कास्की प्रहरीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया