रघुराम विष्ट सचिवमा बढुवा, गण्डकीमै पदस्थापन

समाधान संवाददाता २०८१ कार्तिक ८ गते २१:१२

पोखरा । गण्डकी प्रदेशका कायम मुकायम मुख्य सचिव रघुराम विष्ट नेपाल सरकारको सचिवमा बढुवा भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव विष्टलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हाे ।

Advertisement

ज्येष्ठतामा एकल सिफारिस भएका विष्टलाई बढुवासँगै गण्डकी प्रदेशकै प्रदेश प्रमुख सचिवमा पदस्थापन गरिएको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मंगलबार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिव रघुराम विष्टको नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया