पोखराको मसिनामा आजदेखि सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता, सम्पूर्ण तयारी पूरा

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १४ चेतमान स्मृति खेल मैदानमा सेभेन ‘ए’ साइट पुरुष खुला फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुने भएको छ ।
नव प्रतिभा सामुदायिक विकास प्रतिष्ठान र मसिना फुटबल क्बलको संयुक्त आयोजनामा दोस्रो पटक कात्तिक ९ गते भोलीदेखि फुटबल प्रतियोगिता हुन लागेको प्रतिष्ठानका महासचिव उदयराज आचार्यले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र द्धितिय पुरस्कार ७५ हजार ५ सय ५५ रुपैयाँ रहेको नगद पुरस्कारका साथमा खेलाडीले प्रमाणपत्र, ट्रफी र सटिफिकेट प्राप्त गर्नेछन् । प्रतियोगितामा हाई स्कोर ल्याउनेलाई ५ हजार, उत्कृष्ट डिफेन्डरलाई ५ हजार, सर्वोत्कृष्ट खेलाडीलाई ७ हजार ५ सय रुपैयाँ, उत्कृष्ट गोलकिपरलाई ५ हजार र टप स्कोर ल्याउनेलाई ५ हजार प्रदान गरिने जनाइएको छ । त्यस्तै प्रतिष्ठानले दुई वटा सरप्राइज अवार्ड पनि राखेको छ ।
यी दुई सरप्राइज अर्वाड प्राप्त गर्नेलाई प्रति ५ हजार रूपैयाँले सम्मान गरिने जनाइएको छ । प्रतियोगितामा अखिल नेपाल फुटबल संघ (एन्फा)कै रेर्फी हुने र प्रतियोगिता भरी लामाचौर फुटसलले प्रत्यक्ष प्रशारण गर्ने जनाइएको छ । मसिना फुटबल क्लबबाटै त्रिदेव गुरुङ राष्ट्रिय खेलाडी बनेका थिए । पूर्व राष्ट्रिय खेलाडी गुरुङकै फोटो राखेर प्रतिष्ठानले अहिले प्रतियोगिताको प्रचार गरेको छ । गुरुङ अहिले अष्ट्रेलियामा छन् ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया