पोखरामा गोदाबरी पुष्प प्रदर्शनी तथा गण्डकी प्रादेशिक पुष्प मेला तयारी

समाधान संवाददाता २०८१ कार्तिक ११ गते ६:१३


पोखरा । फ्लोरिकल्चर एशोसिएसन नेपाल जिल्ला समिति कास्कीले तिहार तथा छठ अवसरमा पुष्प मेला तयारी गरेको छ ।

Advertisement

यही कात्तिक १२ देखि १६ गतेसम्म नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आठौं गोदाबरी पुष्प प्रदर्शनी तथा पाँचौं गण्डकी प्रादेशिक पुष्प मेला–२०८१ आयोजना गर्न लागिएको हो ।

शनिबार पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष एवं मेला संयोजक रामप्रसाद सुवेदीले मेलामा २३ वटा प्रदर्शनी कक्ष राखिने जानकारी दिए । तीमध्ये व्यावसायिक २०, कृषि सामग्रीका २ र सूचनामूलक १ स्टल रहने छन् ।

Advertisement

२०६२ सालमा कास्कीमा स्थापना भई पुष्प व्यावसायिक विकास विस्तार तथा प्रवद्र्धनमा फान कास्की क्रियाशील छ ।

प्रदर्शनीको करिब २० हजार जना दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजक समितिको अपेक्षा छ । फान कास्कीमा हाल ३९ जना कृषक आबद्ध छन् ।

Advertisement

‘सुन्दर नगरी पोखराको पहिचान, व्यावसायिक प्रवद्र्धनमा गोदावारीको सान’ भन्ने नारा तय गरिएको छ ।

तपाईको प्रतिक्रिया