पाेखरामा भाेलिदेखि पुष्ष मेला
समाधान संवाददाता
२०८१ कार्तिक ११ गते १२:०८

पोखरा ।
फ्लोरिकल्चर एशोसिएसन नेपाल जिल्ला समिति कास्कीले तिहार तथा छठ अवसरमा पुष्प मेला गर्ने भएको छ। कात्तिक १२ देखि १६ गतेसम्म नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आठौं गोदाबरी पुष्प प्रदर्शनी तथा पाँचौं गण्डकी प्रादेशिक पुष्प मेला गर्न लागेको हो ।
संस्थाका अध्यक्ष एवं मेला संयोजक रामप्रसाद सुवेदीले मेलामा २३ वटा प्रदर्शनी कक्ष राखिने जानकारी दिए । तीमध्ये व्यावसायिक २०, कृषि सामग्रीका २ र सूचनामूलक १ स्टल रहने छन् ।
मेलामा ‘सुन्दर नगरी पोखराको पहिचान, व्यावसायिक प्रवर्द्धनमा गोदावारीको सान’ भन्ने नारा तय गरिएको छ । प्रदर्शनीको करिब २० हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।
एशोसिएसनले पुष्प व्यावसायिक विकास विस्तार तथा प्रवर्द्धनका लागि हरेक वर्ष पुष्य मेला प्रदर्शनीको आयोजना गर्दै आएको छ ।
सम्बन्धित








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया