चेक अनादर मुद्दामा व्यवसायी अनिललाई २ वर्ष कैद फैसला
देवकृष्णलाई दिएको चेक बाउन्स, अनिल फरार, पक्राउ गर्न आदेश

पोखरा ।
जिल्ला अदालत कास्कीले चेक अनादर मुद्दामा पोखराका एक जना व्यवसायीलाई कैद सजाय सुनाएको छ । पोखरा उपमहानगर पालिका वडा नम्बर १३ का बासिन्दा तथा व्यवसायी अनिल सिग्देल कास्की जिल्ला अदालतको फैसला अनुसार २ वर्ष जेल बस्न पर्ने भएको छ ।
पोखरा कै व्यवसायी देवकृष्ण काफ्लेले दिएको मुद्दामा यही कार्तिक ९ गते जिल्ला अदालत कास्कीका न्यायाधिश कृष्णजंग शाहको इजलासले व्यवसायी अनिल सिग्देललाई दोषी ठहर गर्दै २ वर्ष कैद हुने आदेश सुनाएको हो
व्यवसायी काफ्ले र सिग्देल दुवै जना पोखरा उद्योग बाणिज्य संघका पूर्व कार्यसमिति सदस्य हुन । उनीहरुबीच ४५ लाख रुपैयाको लेनदेन थियो । सावाँ र ब्याज गरी करिब ७० लाख रुपैया तिर्न भएका सिग्देलले काफ्लेलाई दिएको चेक बाउन्स भएपछि चेकअनादरको मुद्दा दर्ता भएको थियो ।
मुद्दाको फैसला भएपछि सिग्देल फरार भएकाले जिल्ला अदालत कास्कीले पक्राउ गरी अदालतमा पेश गर्न कास्की प्रहीलाई पत्र पठाएको छ । यद्यपी अहिलेसम्म उनी फरार नै छन ।










निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया