कांग्रेस पर्वत पोखरा सम्पर्क समितिमा गणेश

पोखरा ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसांसद अर्जुनकुमार जोशीले पार्टीमा सबै सुध्रिन जरुरी रहेको बताउँदै कांग्रेस कमजोर भएमा लोकतन्त्र कमजोर हुने तर्क गरेका छन् ।
पोखरामा आयोजित नेपाली कांग्रेस पर्वत पोखरा सम्पर्क समिति पोखराको दोस्रो अधिवेशनमा उनले नयाँ पार्टीहरु कांग्रेसको विकल्प अरु हुनै नसक्ने दाबी गरे । संस्थाको अधिवेशनले डा गणेश पौडेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यक्रममा कांग्रेस नेता ऋषिकेस तिवारीले अनुशासित भई संगठनको अभियानमा लाग्नुपर्नेमा जोड दिए । नेपाली कांग्रेस गण्डकी प्रदेशका सञ्चार विभाग प्रमुख रमेश पौडेलले पार्टीभित्र सकारात्मक सोचको बिकास गर्नुपर्ने र अग्रज निष्णावान कार्यकर्ताको मूल्यांकन हुनुपर्ने विचार राखे । गण्डकी प्रदेश सांसद रेखा गुरुङले प्रदेश सरकारको प्रभावकारिता बढाउनुपर्नेमा जोड दिइन् ।
संस्थाका अध्यक्ष बलभद्र शर्माको अध्यक्षतामा भएको सो कार्यक्रममा रामकृष्ण मल्ल, सीता काफ्ले, यज्ञबहादुर थापा, कांग्रेस पर्वतका उपसभापति डा चूडामणि शर्मा र शिवप्रसाद सुवेदी, महासमिति सदस्य वसन्त सिके, एमपी भुषाल, पोखरा विश्वविद्यालयका पूर्व रजिस्ट्रार गोविन्द पौडेल, राम शर्मा, फलेवास नगरपालिकाका मेयर गंगाधर तिवारी, गुप्तनिधि शर्मा, अशोक उचै ठकुरी, महाधिवेशन प्रतिनिधि मीना कर्माचार्य, विहादी गाउँपालिका प्रमुख प्रविण गुरुङ, प्रदेश ‘क’का सभापति राजकुमार क्षेत्री, पूर्वसचिव विश्वप्रकाश प्रसाई, पर्वत काठमाडौं सम्पर्क मञ्च अध्यक्ष ओम शर्मा, संस्थाका सल्लाहकार जितबहादुर गुरुङ, उज्ज्वल गुरुङ, साजन परियार, रघुनाथ गौडेल, संस्थाका उपाध्यक्ष डा गणेश पौडेल लगायतले बोलेका थिए ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया