तल्लो विरौटा टोल आफ्नै भवनमा

पोखरा ।
पोखरा १७ मा रहेको तल्लो विरौटा टोल विकास संस्थाले टोलकै नाममा जग्गा किनेर सामुदायिक भवन बनाएको छ । विरौटावासीले प्रयोग गर्न मिल्ने सुविधा सम्पन्न बहुउद्देश्यीय सामुदायिक तथा क्रियापुत्री भवन टोलको २१ लाख ९०) हजार ८४ रुपैयाँ र ९ लाख २६ हजार ९ सय १६ जनसहभागिताबाट बनाइएको हो ।
३१ लाख १७ हजारमा तयार भएको भवन शनिबार आयोजित कार्यक्रममा पोखरा १७ की वडाध्यक्ष राधिका शाही योगीले उद्घाटन गरिन् । टोलहरु विकासको जग भएको उल्लेख गर्दै उनले आफ्नै नाममा जग्गा किनेर आफैंल भवन निर्माण गरी तल्लो विरौटाले उदाहरणीय काम गरेको उनले बताइन् ।
‘टोलले आफ्नै नाममा जग्गा किनेर सुविधा सम्पन्न भवन बनाउने ऊर्जाको म तारिफ गर्न चाहन्छु,’ उनले भनिन्, ‘यही सिको अरु टोलल पनि गर्न जरुरी छ । पोखरा १७ मा ५५ वटा टोल छन् ।’ संस्थाका अध्यक्ष फर्सबहादुर कुँवरले अब टोलका सबै कार्यक्रम आफ्नै भवन गर्न सक्ने अवस्था सिर्जना भएकोमा खुसी व्यक्त गरे । उनले निर्माण कार्यमा सहयोग गर्नहरुप्रति आभार प्रकट गरे ।
भवन निर्माण समिति अध्यक्ष ज्ञानबहादुर क्षेत्रीले टोलबासीको ऐक्यवद्धता र सहयोगले विवादरहित ढंगले भवन बनेको उल्लेख गरे । सोही अवसरमा भएको टोलको तेस्रो अधिवेशन तथा पाँचौं वार्षिक साधारणले चेतनाथ चालिसेको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चुनेको छ । समितिको उपाध्यक्षमा वसुन्धरा शर्मा पौडेल, सचिव भुवनप्रसाद दाहाल, कोषाध्यक्ष रजिसा थापा, सहसचिव रीता शर्मा र सहकोषाध्यक्षमा एकनाथ ढकाल छन् ।
कार्यसमिति सदस्यमा मञ्जु अर्याल, ईन्द्रबहादुर थापा, शर्मिला भट्टराई, नन्दप्रसाद वाग्ले, महादेव पन्त, विष्णुमाया पौडेल, राजन केसी, दुर्गा पौडेल र सुदिन तिमिल्सिना छन् । कास्की जिल्ला अदालतका शाखा अधिकृत दामोदर आचार्य संयोजक र सुजन पौडेल र मीनबहादुर गुरुङ सदस्य रहेको निर्वाचन समितिले नयाँ नेतृत्व चुन्न सहजीकरण गरेको थियो ।
कार्यक्रममा टोलका सहकोषाध्यक्ष प्रशन्न पौडेल, निर्माण समिति सचिव भुवनप्रसाद दाहाल, टोलकी कोषाध्यक्ष तुलसी थापा, टोलका सचिव चेतनाथ चालिसे लगायतले बोलेका थिए । उनीहरुले टोललाई वातावरणीय सरसफाइसहित सौन्दर्यकरण, वृक्षारोपण, पार्क तथा उद्यान निर्माण, बाटो तथा शाखा बाटोहरु कालोपत्र गर्ने लाग्ने जनाए ।
तपाईको प्रतिक्रिया